फिफाको प्रतिबन्ध पाकिस्तान फुटबल संघलाई, के गर्यो त्यस्तो पाकिस्तानले जस्लाई फिफाले खेलबाटै प्रतिबन्ध गर्यो

rupani

२५ असोज । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पाकिस्तान फुटबल संघ पिएफएफमाथि प्रतिबन्ध लगाएको छ । फुटबल संघ स्वतन्त्र निकाय भएको र यसमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने भन्दै फिफाले पाकिस्तानी फुटबल संघमाथि प्रतिबन्ध लगाएको हो ।

पाकिस्तानी फुटबल संघको कार्यालय र यसको आर्थिक प्रशासन त्यहाँको अदालतले तोकिदिएको अधिकारीले सञ्चालन गरिरहेको छन् । पिएफएफलाई स्वतन्त्र रुपले काम गर्न नदिएको र यसको खाता पनि स्वतन्त्र नभएको भन्दै विश्व फुटबल बरियतामा २ सयौंको स्थानमा रहेको पाकिस्तानमाथि फिफाले प्रतिबन्ध लगाएको हो ।

फिफाले लगाएको प्रतिबन्ध नहटेसम्म अब पाकिस्तानको राष्ट्रिय टोली तथा क्लब कुनैपनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट वञ्चित रहेनछ । फिफाद्धारा लगाईएको प्रतिबन्ध पाकिस्तान फुटबल संघको कार्यालय तथा आर्थिक प्रशासन स्वतन्त्र ढंगले चल्न नदिएसम्म फुकुवा नहुने फिफाले प्रष्ट पारेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com