एनआरएनको आठौँ विश्व सम्मेलन आउन तीन दिन बाँकि रहंदा उम्मेद्वारले दिए यस्तो अभिव्यक्ति

rupani

काठमाण्डौ २५ असोज । यतिबेला देश भित्र रहेका नेपाली प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको बहसमा तातिरहेको बेला प्रवासमा बस्ने नेपालीलाई भने गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनले तताएको छ ।

काठमाडौँमा यहि अक्टोबर १४ देखि १७ सम्म हुन लागेको संघको आठौँ सम्मेलनले नयाँ कार्यसमितिसमेत चयन गर्ने भएको हुँदा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम दजनौँ पुगेका छन् ।

यसपटकको मूल नारा ‘ट्रान्सफरमिङ एनआरएनए’ भन्ने रहेको छ । एनआरएनएले विश्व सम्मेलन अघि नै विभिन्न छलफल तथा अन्य कार्यक्रम गरिरहेको छ । सम्मेलनले विशेष अक्टोबर ११ का दिन एनआरएनए डे मनाउने कार्यक्रम छ ।

यसपटकको सम्मेलन काठमाडौँको बौद्धस्थित होटल हायतमा गरिने एनआरएनए सचिवालयले जनाएको छ । सम्मेलनमा २८ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । नयाँ कार्यसमिति चयनकालागि उम्मेद्वारहरु र उनीहरुको भनाई यस्तो छ । भिडियो सहित

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com