नारायण गोपालको सपना साकार पार्दै विदेशी संगीतकर्मीहरु (भिडीयो सहित)

Srijana

श्रृजना आचार्य

काठमाण्डौ, २४ असोज । काठमाण्डौमा यतिवेला दुई प्रकारको म्युजिक संयोजन भइरहेको छ । युरोपियन म्युजिक र नेपाली म्युजिकको संयुक्त संयोजनका लागि संगीतकर्मीहरु काठमाण्डौमा तयारी गरिहेका छन् । नेपाली म्युजिकको संयोजन संगीतकर्मी राजकुमार श्रेष्ठले गरेका छन् भने युरोपियन म्युजीकको संयोजन नर्वेजियन समुहले गरेको छ । नेपाल र युरोपीयन संगीतको संयुक्त प्रस्तुतीको यो तेस्रो वर्ष हो । आगामी शनिवार हुने संयुक्त प्रस्तुतीका लागि तयारी पुरा भएको आयोजकले जनाएको छ ।

तलेजु धनकुमारी ट्रष्ट, हिसान काठमाण्डौ र युएनओएफको संयुक्त आयोजनामा “नर्वे नेपाल आरकेष्ट्रा कन्सर्ट” हुनलागेको हो ।
तीन वर्ष देखि हुदै आएको यो कार्यक्रममा दुवै देशको संगीत समुह अघिल्लो वर्ष भन्दा दोब्बर संख्यामा सहभागी हुने भएका छन् । जसमा विज्ञ संगीतकर्मी ४५ जना र युवा र बालबालिका समुहवाट ३५ जना सहभागी हुने संयोजक श्रेष्ठले बताए ।

स्वर सम्राट नारायण गोपालको सपना थियो नेपालमा भ्वाइलीन बजाउनेहरुको संख्या बढोस् भन्ने तर उनको सांगितीक यात्राको क्रममा त्यो सपना भने पुरा हुन सकेन । अहिले त्यहि सपना पुरा गर्न प्रमुख रुपमा भ्वाइलीन, लगायतका वाजा समावेश गरेर यस्तो सांगेतीक माहोस सिर्जना गरिदैछ । यसलाई सांगेतिक भाषमा स्कृम आरकेष्ट्रा भनिन्छ । सोही प्रकारका वाजा मात्र समावेश गरीने श्रेष्ठले बताए ।

नेपाली संगीतमा विदेशी संगीतलाई मिसाउन ८ जना विदेशी संगीतकर्मी काठमाण्डौ आइपुगेका छन् । त्यसवाहेकका संगीतकर्मी नेपाली हुनेछन् । नारायण गोपालको सपना साकार गर्न र नेपालमा भ्वाइलीन वजाउने संगीतकर्मीहरुको संख्या र गुणस्तरमा वृद्ध गर्न नेपालका तर्फवाट धेरै संगीतकर्मी सहभागी हुने आयोजकले जनाएका छन् । संगीतिक माहोलमा ९ वर्ष उमेर समुहका समेत संगीतकर्मी समेत सहभागी हुनेछन् । कार्यक्रममा नेपाली र युरोपियन गरेर ७५ जना कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।
युरोपियन संगीत समुहका संयोजक नर्वेका कार्ल लेनियन वेइकाले आफ्नो तर्फवाट ४ जना विज्ञ संगीतकर्मी र ४ जना युवा विद्यार्थी संगीतकर्मी कार्यक्रममा सहभागी हुन काठमाण्डौ आइपुगेको बताए । उनी नेपाली र नर्वेजियन सांगीत मिश्रणको लागि आफु निकै उत्साहित भएको प्रतिकृया दिए ।

तेस्रो पटक सम्म संयुक्त रुपमा कार्यक्रम गरिसके पछि नर्वेका संगीतकर्मीलाई पनि नेपालको वातावरण पारीवारीक जस्तो लाग्न थालेको छ । “पहिलो पटक नेपाल आउंदा केही फरकपन पाएका थियौं वेइकाले भने, तर केही समय पछि नेपाल र नर्वेका विषयमा संगीत, संस्कृती तथा यहांका मानिसको ब्यवहारहरुमा समानता पायौं, त्यसले पारीवारीक वातावरण महशुष गरिहेका छौं ।”

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com