मन्त्रीको पार्टीलार्इ चुनावमा ४०५ मत !

लाइट नेपाल

काठमाडौं, २६ असोज । महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा मात्रै ४०५ मत ल्याएको छ ।
०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ-त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ । अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com