सीमामा भारतविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमाले प्रवेश

लाइट नेपाल

काठमाडौं, २६ असोज । गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा आएका देवनारायण यादव एमालेमा प्रवेश गर्ने भएका छन् ।


उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गर्न लागेका हुन् ।

उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएको बताइएको छ ।

यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी आज एमालेमा एकीकृत हुँदैछ । सो कार्यक्रमपनि सिंहदरबारमै एकैसाथ हुनेछ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com