निर्वाचन आयोगद्धारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा निकायलाई आग्रह

Srijana

काठमाण्डौ, २५ असोज । निर्वाचन आयोगले निर्वाचनका उम्मेद्वारको सुरक्षामा चासो देखाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार वनेकाहरुलाई सुरक्षा दिन सुरक्षा निकायलाई आग्रह गरेको छ । आयोगले विहिवार सबै सुरक्षा निकायसंग अन्तरकृया गरेको आयोगले उम्मेदवारको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केन्द्रिय नेता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभिति दिनेगरी काम गर्न आग्रह गरेको हो । आयोगले सुरक्षा प्रमुख विषय भएको सुरक्षा निकालाई ध्यानाकर्षण गराएको छ ।

सुरक्षा अंगका प्रमुखहरुले सुरक्षा योजना बनाइसकेको जानकारी आयोगलाई दिएका छन् । उनीहरुले स्थानिय तहको अनुभवका आधारमा सुरक्षा योजना बनाइएको बताएका छन् ।

आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिने उम्मेदवारको सुरक्षाको विषयलाई आयोगले चासो देखाएको हो । राजनीतिक दलका लागि आगामी २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूची पेश गर्ने समय आयोगले तोकेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com