मौलाउंदै यौन धन्दा

Srijana

नेपालगन्ज, २५ असोज । नेपालगन्ज उपमहानगरपालिकामा पछिल्लो समय यौन जन्य कृयाकलाप बढे पछि प्रहरीलाई सकस भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समय पनि यौन धन्दामा संलग्न २ युवती सहित ५ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटलमा छापा मारेको प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

यस अघि न्युरोडमा खुलेआम यौन धन्दा संचालन हुने गरेको समाचार प्रकाशमा आएको थियो । राती साढे ८ बजेको समयमा नेपालगन्जको बागेश्वरी हल रोडको एक होटेलमा छापामा मारेर २ युवतीसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको
छ ।

होटेलको कोठा नम्बर ११४ बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । दाङ र कैलाली घर बताउने २ युवतीसहित अन्य ३ जना युवकलाई प्रहरीले यौनधन्दामा संग्लन रहेको आशंकामा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका युवकमध्ये एक जना भारतीय नागरिक समेत रहेका छन् । कोठा नम्बर ११४ दुई जना बस्ने गरी काउण्टरमा बुकिङ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाले जानकारी दिए । २ युवतीहरु यस अघि पनि यस्तै कृयाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com