ट्रायल पास गर्न पर्दैन, १० हजार दिनुस् लाइसेन्स लिनुस्

Srijana

काठमाण्डौ, २५ असोज । लामो समय पछि यातयात व्यवस्था कार्यालय भेरीमा सवारी चालक अनुमती पत्र (ड्राईभिङ्ग लाईसेन्स) को आवेदन खुलेको छ । लामो समय सम्म आवेदन नखुलेका कारण अनियमिता गर्न नपाएका विचौलियाहरु एकै पटक आइरिंदा सेवाग्राहीलाई भने हैरानी भएको छ । आवेदन खुलेसंगै लाईसेन्समा पास गराईदिने भन्दै सेटिङ्ग मिलाईदिनेहरुको ब्यवसाय समेत सुरु भएको छ । ट्रायल पास नगरे पनि लाइसेन्स दिलाई दिने भन्दै त्यस्ता ब्यक्तिहरुले एक जनावाट मोटरसाइकलको लाइसेन्सका लागि १० हजार रुपैया सम्म लिने गरेका छन् ।

दशै अघिदेखि नै टेक्टरको लाईसेन्सको लागि आवेदन खुलेको थियो । त्यसको ट्रायलमा अत्यन्तै कम व्यक्तिले मात्र ट्रायल पास गरेका छन् । तर आवेदन दिएका मध्ये आधा भन्दा बढीको ‘सेटिङ्ग’ मै पास गराई दिने भन्दै पैसाको कारोवार भइसकेके छ । त्यसका लागि प्रति ब्यक्ति १० हजार रुपैया बुझाएको एकजना सेवाग्राहीले बताएका छन् ।

ट्रायल दिनु अघि सेटिगंका लागि कुराकानी गरेकाले ट्रायल दिएर पास भए पनि १० हजार रुपैया बुझाउनु परेको बताएका छन् । यातायात ब्यवस्था कार्यालय परिसरमा सेटिगं मिलाउनेहरुको समुहनै सकृय छ ।

त्यस्ता ब्यक्तिहरुले ‘कार्यालय परिसरमा सेवा लिन आउने सेवाग्राहीसंग मोलमोलाई गरिरहेको समेत प्रत्यक्ष देख्न सकिन्छ । यता, ड्राइभिगं लाइसेन्सको तालिम दिने ड्राईभिङ्ग ईन्सीच्युटले सिक्न आउने प्रशिक्षार्थी संगै सेटिगंको पैसा लिने गरेका छन् ।
सेटिगंका लागि रेट नै तय गरिएको छ । टेक्टर, मोटरसाईकल र स्कुटीको लागि १० हजार, चारपाङ्गे लाईटको लागि १५ हजार, जेसिभि, एक्जाभेटर, हेभि चारपाङ्गेको लागि २० हजार रुपैया तोकिएको छ ।

यातायात व्यवस्था कार्यालय भेरीले करिव १ वर्ष अघि लिएको लाईसेन्सको परीक्षामा अनियमितता भएको भन्दे अख्तियारले हस्तक्षेप गरेपछि रोकिएको थियो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com