एनआरएन अध्यक्षमा शेष घलेकी पत्नि जमुनाले गरिन् अध्यक्षको उम्मेद्वारी घोषणा

rupani

काठमाण्डौ २६ असोज । शनिबार हुन गईरहेको गैरआवासीय नेपाली संघ एनआरएनको आठौं विश्व सम्मेलन एवं महाधिवेशनमा जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी जमुना गुरुङ एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् ।

‘जमुनाले आफ्नो चाहाना भन्दापनि महाधिवेशनमा भाग लिनकालागि विश्वभरीबाट आएका डेलिगेट्सहरुको आग्रहमा आफुले अध्यक्षको उम्मेद्वारी दिन लागेको बताईन् । उनका अनुसार उनले गैर आवासिय नेपालीहरुकालागि केही नयाँ गर्ने डेलिगेट्सहरुले खुबी देखेको हुनाले
अध्यक्षको उम्मेद्वारीकालागि आफुलाई चयन गरेर आग्रह गरेको बताईन् ।

गुरुङले एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यान्वयन गर्ने योजना अघि सारेकी छन् ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com