सडकमा भेटिने बिरामी र घाइते पशुको उद्दार र उपचारमा सक्रिय एक युवाको कथा

श्रृजना आचार्य

आफ्नो परिचय कसरी दिनुहुन्छ?

म पशु आधिकार कर्मी सुरेन्द्र दिप कार्की । मध्यपश्चिमको नेपालगन्ज उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर पशु अधिकारका क्षेत्रमा कृयाशील छु । सडकमा छाडा छोडिएका पशु चौपाया लगायत गधा, घोडा र खच्चड को उपचार एवं यिनीहरुको कल्याणको बारेमा वकालत गर्ने गर्दछु ।

विहे लगत्तै श्रीमतीसंग रिक्सामा मन्दिर जांदै गर्दा श्रीमतीलाई रिक्सामा एक्लै छोडेर सडकमा घाइते भएर लडेको गधाको उपचारमा दौडिनुभयो भन्ने किस्सा सहि हो ? यदि सहि हो भने त्यो घटना बिस्तारमा भन्दिनु न ।

सहि हो (हास्दै) । विवाह गरेको केहि दिन मात्र भएको थियो । हामी नेपालगन्जको चर्चित बागेश्वरी मन्दिरतर्फ रिक्सा चढेर जादै थियौं । न्युरोडको वाटोमा जांदै गर्दा मैले अकस्मात सडकमा बिमारी भएर लडिरहेको गधा देखें । म हतार हतार रिक्सा रोकेर बिमारी गधातिर दौडिएँ । श्रीमतिलाई एक्लै रिक्सामा छोडेको छु भन्ने विर्सिएर म गधाको उपचारमा लागें । यता श्रीमति भने मेरो कृयाकलाप देखेर चिन्तित भईछिन्, यो कस्तो मान्छे हो भनेर । पछि मैले मेरो कामको बारेमा उनलाई बताएपछि उनी त झन खुसी भइन् । मेरो कामलाई उनले त्यसरी सकारात्मक रुपमा लिएपछि मलाई त झन के चाहियो । म झन लगनका साथ यस्तै काममा लागिरहेको छु । अहिले त मेरो परिचय नै बनि सक्यो र सडकमा घाईते असक्त पशु चौपाया देख्नेहरुले मलाई फोन आउछ । एक महिना अघि मात्र नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर उमा थापाजीले समेत मलाई विरामी चौपायाको उपचारका लागि अनुरोध गरे पछि २ वटा गाईको उपचार हाम्रो समुहले गर्यो ।

मानिसले मानिसलाई नै माया गर्न छोडिरहेको अवस्थामा तपाई जनावरलाई माया गर्नुपर्छ भन्ने अभियानमा हुनुहुन्छ, कस्तो रेस्पोन्स पाउनुहुन्छ ?

अबोध, निर्दोष पशु बोल्न मात्र सक्दैनन् । उनीहरुमा पनि कुरा सुन्ने बुझ्ने क्षमता हुन्छ । त्यसैले त हामीले आईज भन्यो भने हाम्रो नजिक आउछ जा भन्दा टाढा जान्छ । पशुमा पनि त चेतना छ । पशुलाई लाई पीडा हुदा रुन्छन, कराउछ्न, खुशी हुदा व्यक्त गर्ने गर्दछन तर यस्तो पशु माथि दुब्र्यबहार गरिन्छ । एसिड हाल्दिने , धारिलो हतियार ले काट्ने , पिट्ने आदि गर्ने गर्छन । यस्ता कुरा को मैले बिरोध गर्दै आएको छु पशुको चेतनाको विषयमा जानकारी दिने गरेको छु । पछिल्लो समय सबै साथीभाई संघसस्था को सहयोग र हौसला पाएको छु ।

यो अभियानमा तपाई आफू कसरी सहभागी हुनुभयो ?

काठमान्डु पोस्टमा मेनका गान्धीको पशु कल्याण सम्बन्धि लेख म संधै पढ्ने । एक दिन मैले लेखको प्रसंसा गर्दै उहांको काममा सामेल हुने ईच्छा जाहेर गर्दै इमेल लेखें । त्यसको प्रत्युत्तर दिंदै इमेल लेखेर उहाँले नेपालको पशु अधिकारकर्मी प्रमोदा शाहलाई चिनाई दिनु भयो । प्रमोदा शाहले स्वमसेवक भएर काम गर्न सकिने कुरा बताउनुभयो । उहांको सस्थाको कर्मचारी नेपालगन्जमा मलाई सम्पर्क गर्नु आउनु भयो । उहांकै सस्था एनिमल नेपालको प्राबिधिकहरुको सहयोगमा अहिले गधा घोडा को उपचार हुन्छ ।

अभियानका लागि अभियान मात्र हो कि त्यस्ता उदाहरणीय केही काम पनि छन् जुन प्रस्तुत गर्न लायक छन् ?

अभियान संचालन पश्चात भारतवाट घाईते बिमारी पशु नेपाल भित्रन पाउदैनन् । सडकमा भेटिएको बिमारी घाईते पशुको उपचार गर्ने गर्दछौ । रोग बिमारको बारेमा पशुधनिहरु लाई जनचेतना तथा बैकल्पिक जीविकोपार्जन को ब्यवसायिक तालिम लगायतको कार्यक्रम अहिले प्रभाबकारी बनेको छ ।

कतिपय धर्म संस्कारमा नै जनावरलाई बलि दिनुपर्ने धार्मिक मान्यता छन्, तपाईहरुको अभियान अन्तर्गत जनावरको वध गर्नै नहुने, पाल्ने र सेवा मात्रै हो अथवा उनीहरुलाई उपभोग पनि गर्न मिल्छ ?

म बलि बिरोधि हैन, मात्र पशुलाई बलि नदिनुस् भन्ने कुराको पक्षमा वकालत गर्छु । पशुको ठाउँमा नरिवल, केरा, कुभिण्डा, घिरौला र फलफुल लाई पशु मानेर बलि दिन सकिन्छ भन्ने सन्देश दिने गरेको छु । मैले यसपालि दसैँमा यसै गरेँ र यसको बारेमा मैले धेरै शास्त्र, बिभिन्न धार्मिक गुरु, व्यक्तित्वहरु संग अध्ययन छलफल गरेर नै शुरु गरेको हु । कतै कुनै पनि शास्त्र गीता, उपनिषद्, बाईबल, कुरान, धर्मग्रन्थमा जनवारको बलि दिनु भनि लेखिएको छैन । यो मानिसले नै बनाएको संस्कार हो । अहिले संसार मा भेगान कल्चर शुरु भै सकेको छ । कति जनावरप्रेमी जनावरको कुनै पनि चिज खाँदैनन्, दुध ,घीउ र त्यसवाट बनेका परिकार खांदैनन् । जनावरको छालाजन्य समान प्रयोग गर्दैनन् । कतिपय ठाउंमा भेगान रेस्टुरेन्ट समेत शुरु भै सकेको छ । जनवार बलिको लागि भन्दा पनि दुध जन्य घिउ जन्य पदार्थ उपभोगको लागि पशु पाल्ने गरिएको हो । पशुको गोबर मल हुने भएको अनि कृषि उत्पादन समेत बढ्ने भएकोले मानिस र पशुको सम्बन्ध बढेको हो । राँगा गोरु आदिले जोत्ने काम गर्ने भएकोले मानिसलाई नै सहयोग पुगेको छ । घोडा राँगाले यातायात लगायत भारि बोक्ने काम गर्ने भएकोले हाम्रो दैनिकी सहज बनेको छ । यति धेरै सहयोगी जनावर लाई मार्ने काट्ने आदि काम भनेको हिंसाको चरम रुप हो ।

बलि दिने भनेको शत्तिको पुजा गर्ने हो । नेपालमा देबीको मन्दिरमा बलि दिने प्रचलन छ । या देवि सर्ब भुतेशु शक्ति रुपन स्स्थिता , नमतस्यै ,नमतस्यै , नमतस्यै नमो नमः तिन पटक नमो नमः भन्ने गरिन्छ र शक्ति को रुप भएको कारण बाट बहु बचन प्रयोग गरेर पुजा गरिन्छ ।

यो मानिस आफैले बनेको नियम हो । मासु खाने जनवारको ईन्टेसटाईन छोटो हुन्छ र दाँत दारा आएको हुन्छ जस्तो बाघ कुकुर । तर मान्छे को ईन्टेसटाईन लामो हुन्छ दाँत पनि छोटो हुन्छ ।

 

सडकमा लावारिस हिंडीरहेका जनावरहरुको ब्यवस्थापन कसरी गर्नुपर्छ ? त्यस्ता जनावरहरु माथि हुने आक्रमण लगायतका अन्य कृयाकलापलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

यो अहिले सबै नगरपालिकाहरुको समस्याको बिषय बनेको छ । पहिलो फोहोर ब्यबस्थापन, दोस्रो छाडा चौपाया ब्यबस्थापन । सडकमा फालिएको फोहोर खानका लागि कुकुर, गाई गधा सबै जनावर सडकमा जम्मा हुने गर्दछन् । नगरपालिकामा कान्जी हाउस हुन्छ तर त्यो सानो भै सक्यो । कति नयाँ नगरपालिकामा त काञ्जी हाउसनै छैन पनि । छाडा जनावर लाई कान्जी हाउस मा राख्ने मालिक लाई खबर गर्ने सम्झाउने आदि काम गर्नु पर्छ । जनवारले नगरको सुन्दरता बिगारेको छ । यातायातमा समस्या पारेको छ । दुर्घटना आदि बढेको छ । यो कुरा को जानकारी जनावार धनीलाई दिन जरुरि छ ।
पशु आफै मा एउटा अबोध प्राणी हो यस लाई हिंसा गरेर मानिस लाई खासै केहि हुन्न । म तपाईको मिडिया बाट सबैलाई के अनुरोध गर्छु भने कृपया जनावर लाई माया गरिदिनुस् र घाईते रोगिको उपचारमा आफ्नो तर्फबाट लागिदिनुहोस् ।

अब तुरुन्तै तिहार आउदै छ र जनावर कै पूजा हुन्छ । पशुअधिकारकर्मीको तर्फ बाट के भन्न चाहनु हुन्छ ?

एक दमै राम्रो प्रश्न सोध्नु भयो । हिन्दु धर्म सबै जनवारसंग सम्बन्धित छ । हाम्रो ठूलो पर्व तिहारभरी हामी काग ,कुकुर, गाई, गोरुको पूजा गरेर मनाउने गर्दछौ । हाम्रो सबै भगवानहरुको वाहन जनावर र पन्छी छन् । लक्ष्मीको वाहन लाटोकोसेरो, बिष्णुको गरुड, महादेवको नन्दी, ईन्द्रको हात्ती देबीको बाघ र सबै भगवान को यातायातको साधन नै जनावार र पन्छी हो । भगवानको पुजा गर्ने तर जनवार लाई  हेला ? मेरो प्रश्न आम सबैलाई यहि हो ।

प्रस्तुति: श्रृजना आचार्य

 

 

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com