चर्चित खेलाडी फेजलको अबको यात्रा राजनीती तर्फ उन्मुख, प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को ख बाट सिफरिसमा

rupani

कपिलवस्तु २६ असोज । नेपाली क्रिकेट खेलबाट अन्तराष्ट्रिय स्तरको खेलाडीका रुपमा चिनिएका फैजल खान यतिबेला खेलाडी भन्दा पनि युवा नेताको रुपले चर्चामा छाएका छन् ।

उनी प्रदेश सभाको सभासद तर्फ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट सिफरिसमा परेर चर्चामा छाएका हुन् । उनी केहि समय अघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले सचिव प्रदिप ज्ञवालीबाट उनी एमालेमा प्रबेश गरेका हुन् ।

खान पुर्व सभासद सलाहुद्दिन खाको प्रेरणाले राजनितीमा होमिएका हुन् । पुर्व सभासद सलाहुद्दिन खान फैजलका भिनाजु हुन् । फैजलले आफ्नो क्रिकेट यात्राको शुरुवात १६ बर्षको उमेर देखी गरेका हुन् ।

 

फैजल राष्ट्रियस्तरमा महेन्द्र पुलिस क्लब त्यसैगरि भैरहवा ४, ईपियलको कलर्स एक्सपेक्टर संग पनि जोडिएका छन् । यतिमात्र नभइए उननी अलराउण्डर खेलाडीका रुपमा चिनिन्छन् ।

सन २०१० देखी क्रिकेट खेलमा जोडिएका उनले सन २०१२ मा सम्पन्न यु १९ बिश्व कपमा नेपालका लागी उत्कृष्ट प्रदर्शन गरेका थिए । सन २०११ मा ओमान बिरुद्ध सतकिय पारी खेलेर चर्चा बटुलेका उनी पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका छन् ।

युवाहरुमा बढदो बिकृती, खल्बलिदो साम्प्रायिक सद्भाव, बिकासको न्युन गतिले समाजका लागी केहि गर्नु पर्छ भन्ने मान्यताले आफुलाई राजनितीमा लाग्न प्रेरित गरेको बताउँछन उनी ।

पार्टीको जिल्ला कमिटीको सिफरिसमा परेका उनी आफु प्रदेश सभाको सभासदमा चयन हुनेमा ढुक्क छन ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com