एनआरएनएको ८ औं विश्व सम्मेलन आजदेखि काठमाडौमा, नयाँ नेत्तृत्व चयन हुने

लाइट नेपाल

काठमाडौं, २८ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए)को ८ औ विश्व सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ । ‘आवर ओमन, आवर युथ एण्ड आवर सेकेन्ड जेनेरेसन फर अ स्ट्रङ फ्युचर’ भन्ने सुरु सम्मेलनले आगामी २ वर्षका लागी नेतृत्व चयन गर्नेछ ।

मंगलवारसम्म संचालन हुने सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी तथा समापन प्रधानमन्त्री शेर वहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

१४ वर्षअघि स्थापना भएको एनआरएनको अहिले विश्वव्यापी संजाल गठन भएको छ । आगामी नेतृत्वका लागी अष्ट्रेलिया निवासी जमुना घले र निवर्तमान कोषाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com