आज उनी नबोलेको दिन,

ratan

यस्तो टन्टनार घाम लागेको
घमाइलो दिनमा पनि,
आज मलाई यस्तो लागेको छ,
आकाश गड-गड-गड गडाइ रहेको छ,
बिजूली चमक-चमक चम्की रहेको छ,
भारी बर्षाले जमिन पूरै भासिएको छ,
कस्तो श्वास नै फेर्न सास्ती भो
अक्सिजन यूक्त हावा जति
ठुलो वेगमा वहने,
यो बौलाहा हावाले बोकी लिए जस्तो छ,
खै, आज त अनिस्टै पर्छु की क्या हो
कस्तो खतम यो दिन।
कठै बरा!
आज उनी नबोलेको दिन।,

 

यसो ओत लागौ कि भनेर
त्यो परको चौतारोमा लम्की लम्की पूगे-
म रणभूल्ल परे
यो त त्यही चौतारो रहेछ,
जहाँ …
उनी र म, लूकामारी खेलेको
अनि,
सून्दर भविष्य निर्माणको सूनौलो सपना देखेको
अझै म बस्दिन यहाँ
यो चौतारो पनि
उनकै कोल्टि पट्टीको जस्तो लाग्छ,
र त, हावाको तरंग संगै हल्लीने
यी रुखका पातहरुले पनि
खुच्चिङ-खुच्चिङ गर्दै
तैले उनको साथ हराइस भने जस्तो लाग्छ,

बाटोमामा हिडदा—
बाटो वरिपरिका यी साना बोटहरुले पनि
हल्ली हल्ली ल खा! ल खा! भनी
जिस्काई रहे जस्तो लाग्छ,
रुखमा चीरवीर चीरवीर!गर्ने यी जाबा चराहरुले पनि
मेरै विरहको गीत गाइ रहे जस्तो लाग्छ,
ती सूक्ष्म भूसूनाहरुले पनि
भूभूभूभू गर्दै
मेरै कान सामू आई
उनका तुच्छ शब्द सूनाइ रहे जस्तो लाग्छ।

अनि,
जब म घर पूगे
देखे टेबुलमा त्यही लाल गूलाफ
सम्झिए, त्यो मिठो स्वरमा सजिएका
मात्र तीन शब्दिए वाक्य
आइ लभ युु,,,,
अहिले यस्तो लाग्छ
त्यो गूलाफ होइन
गोली भरी राखिएको बन्दुक हो
अनि ती माया रुपि शब्द निस्किरहेछ्न ,,
प्वाट्टप्वाट्ट
मुटु अनि कलेजो छुटने गरी
खै आज त के भो।
अहो म कस्तो हूस्सू
भूसूक्क बिर्सीएछु,,
आज उनी नबोलेको दिन । ।
-नबिन ध्यार
एम .बि.बि.एस प्रथम बर्ष ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com