अ.ने.सा.स कोरियाद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा तीन जना बिजेता,जसमा जाजरकोटका ज्ञानेद्र तृतीय।

ratan

काठमान्डौं , १५ कार्तिक । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगिताका लागि प्राप्त १८६ कविताहरु मध्यबाट प्रथम, द्वितीय र तृतीय छानिएका छन । जसमा प्रथम उत्तम लिम्बू,द्वितीय निरज,तृतीय ज्ञानेद्र बहादुर सिंह रहनु भएको छ।

प्राज्ञिक जगतका विद्वानहरुबाट तीन चरणमा विभाजन गरेर निर्णय गरिएको विश्वव्यापी कविता प्रतियोगिताले नेपाली कविताको उन्नयन र सृजनात्मक समृद्धिका निम्ति भाषा -साहित्यको माध्यमबाट राष्ट्र गौरवको श्रीवृद्धि गर्ने कार्यमा समयोचित योगदान दिन विश्व-समुदायमा अ.ने.सा.स कोरिया सो कार्यक्रम राखिएको थियो।

विश्वव्यापी कविता प्रतियोगितका लागि निर्णायक मण्डलहरुमा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुईटेल, साहित्यक प​त्रिका मधुपर्कका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अ.ने.सा.स केन्द्रबाट प्रतिनिधि, कवि श्री गोवर्धन पूजा र छन्द कवि एवम् समालोचक डा. देवी नेपाल रहनु भएको छ।

आयोजकबाट निष्पक्ष निर्णयका लागि कविहरुको परिचय हटाएर कोडमा कविता पठाएइको कोडबाट बिजेता घोषणा गरिएको छ। विश्वव्यापी कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र उत्कृष्ट १० भित्र पर्नेहरुलाइ अ.ने.सा.स कोरियाले कविहरुलाई बधाइ तथा शुभकामना दिएको छ। र बिजेता कबिहरुलाइ प्रथम पुरस्कार रु.२० हजार र प्रशंसापत्र, द्वितीय पुरस्कार रु. दश हजार र प्रशंसापत्र, तृतीय पुरस्कार रु. पाँच हजार र प्रशंसा पत्र र अन्य कविहरुलाई प्रशंसा पत्र प्रदान गरिने भएको छ।जसमा बिजेताहरुको नाम:

प्रथम: उत्तम लिम्बू
(युगका स्वरहरु )

द्वितीय: निरज दाहाल
( गरीबका आँशु )

तृतीय: ज्ञानेन्द्र बहादुर सिङ
(नेपाल मेरो भन )
………………………

अन्य उत्कृष्ट कविहरु
————————–
४. एलिसा एकलास -(धराका बुद्ध)
५. विक्रम पवन परियार – (फरक जीवन फरक अनुभूति )
६. रमेशचन्द्र अधिकारी -(प्रश्नहरूको चंगुल)
७. कविराज पौडेल -(धर्ती)
८. देशबन्धु आचार्य -(बाडुली )
९. जीवन खत्री- (मुग्लान -एक अध्याय)
१०. संगीत मगर -(लाहुरे बा)

————————-
कविता संकलक/ व्यवस्थापक:
रामचन्द्र शर्मा

पहिलो चरणको कविता छनौट समिति :
गद्य कविता: प्रमोद सारंग
पद्य कविता: विनोद परिवर्तित/ सरोज सर्वहारा

कार्यक्रम प्रस्तुतिकरण:
विनोद परिवर्तित

कार्यक्रम संयोजक / निर्देशक :
प्रमोद सारंग रहनु भएको छ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com