तिमी क्षेत्री ,म रसाइली जात मिलेन ! कथा

ratan


अन्य समुदाय बाट अछुत र पछाडी पारिएको जाती,जसलाई समाजले नै नराम्रो नजरले हेर्छ । त्यही जात हो दलित,जुन सुन्ने बितिकै समाजका गनिएका ठुलो जाती मानिएका अछुत सम्झन्छन । व्यवहार गर्छन । त्यहि अछुत भित्र म पनि पर्छु । सानै थिएँ घरको गोठालो गर्थे साथै अध्यनन पनि बाबा आमा पनि खेती किसानी मै ब्यस्त हुनु हुन्थ्यो । सबै परिवार घर मै दुख कष्ट मै जेनतेन परिवार चलाइन्थ्यो । अनि ठुलो हुँदै गएँ घरको गोठालो रहिन बिध्यालयको गोठालो भइ सकेको थिएँ । परिवार पनि अलिकती आत्मनिर्भर भइ सकेका थियौ । तर समाज सँग जति अछुत जति सानो जति पछाडी धकेलिन पुगे पनि तर आफ्नै खुट्टामा पुगेका थियौ । अनि भाइहरु ठुलो हुँदै गए म पनि अलिक परिपक्क हुँदै गएँ । बाबा मामु पनि पहिले भन्दा केही अन्धकारबाट मुक्तीमा नै थिए । किन कि त्यसमा कारण थियो,जुन पहिलेका दलितलाई उच्च जात मानिने दास राखिन्थ्यो तर पछिल्लो समय अलिक परिबर्तनको बाटोले समाज नै केही परिबर्तन नै थियो । तर म पनि बिस्तारै बिस्तारै परिपक्क हुँदै अध्ययन पनि लम्काउदै समाजको यथा परिस्थिति बुझदै हिडिरहको थिएँ । घर परिबर्तन भयो तर समाज परिवर्तन छैन । समाजले अझै सम्म पनि अछुत नै राख्छ । त्यसमै हामी गुम्सिएर बस्नु पर्ने अबस्था थियो । अनि समाजले आम दलितमा हेर्ने एउटा नजर फरक थियो झन म प्रतिको दृष्टि साच्ची कै अचम्म थियो । अनि अध्ययन शिलशिलामा अलि आफ्नो गाउँ देखि बाहिर अनेत्र ठाँउ पुगे । अध्ययन जोडीयो । म दलित कै छोरा एउटा कलेजमा पुग्नु ती उच्च जातिको लागि अझै सहय थिएन । अध्ययनको निरन्तरता संगै दौडिदै गर्दा अध्ययन करिब करिब आफ्नो कुनै रोजगारी तिर जाने लायक तथा आफ्नो लागि केही गर्ने बाध्य भए । उमेर पनि ढल्कदै गयो ।

अब प्रसङ्ग रह्यो रोजगार अनि जीवन संगीनि । पाए सानो रोजगार बाकी जीवन साथी । जोडियो यात्रा जीवन तिर । जिबनलाई जोड दिए । र त्यो जीवनलाई नियाल्दै हेरेर कसैलाइ जिबनमा राख्नु थियो ।त्यो नजर कतै पुगिसकेको अबस्था पनि थियो । त्यो नजर अति नै माया गर्ने मिल्ने साथी एकजना ठकुरी भनिने कान्छी सँग नजर जुध्यो । मेरो नजरमा जति जीवनलाई सोचे तर उनको के छ उनी त कहिले मिल्ने साथी मात्र हुन ? मलाइ किन कि धेरै जना साथिले सकारात्मक स्वाभाव देखाउथे कारण ,पढाई लेखाइमा अगाडि थिए हुन त एक दलितको छोरा न थिए । तर उनी अरु भन्दा केही फरक स्वाभाव देखाउन थालिन । तर मैले जानेको नै कुरा म दलित हुँ उच्च जातीमा हेर्नू हुन्न । तर बिस्तारै नजर जुध्दै गयो । अनि मैले नै निश्कर्ष निकाल्नु थियो । हामी एक अर्का बिना असम्भवका थियौ । सम्बन्ध बढदै गयो । किन कि जीवनमा एकजना रोज्नु पर्ने एउटालाई त्यही पनि गाढा नहोस पनि किन । उनी कुनै ठकुरी म दलित नै भयपनी,तर यसमा जात धनी गरिब हेरिएन रहेछ पछि बुझ्दै गए । गर्दै जाँदा करिब प्रबिनता प्रमाणपत्र तह पनि सकियो दुबै जनाको मेरो सानो रोजगार र उनको प्रबिणता प्रमाणपत्र तह र स्टाप नर्स पनि पूरा भयो । अब रहयो जीवनमा एउटा मालामा बाधिनु । अझै मैले सोच्न सकेको थिएन कि मैले के कसरी हाम्रो सम्बन्ध होला ? हजारौं प्रश्न आउन थाले । जात भन्ने चिज के रहेछ आखिर हाम्रो सम्बन्धमा किन यसरी भित्रे खेल गरेको छ भन्ने जवाफ आफैलाइ आए । तर बिवश भय किन कि म पनि त उनको लाएक नै त थिय आखिर रगत देखि लियर हाम्रो हरेक पहिचान के फरक थियो ? अनि बिस्तारै बिस्तारै सोचाइ अनि सबन्ध नजिक बनाउनु नै पर्छ भन्ने सोच आयो तर समाज फरक थियो । अनि उनको पनि जागिरको तय भयो उनी एक अस्पताल कि नर्स भइन म भने एक सामान्य स्कुलको सहयोगी न थिए ।

अब झनै हैसियत नि फरक भयो।र अब एकै बन्धन मा जिउनु थियो र जिउन को लागि दुबै तयार भयौ।तर ज्यान को बाजि राखियो,कसरी ? आखिर उनी संग मेरो सम्बन्ध भयो या त बिहे भयो भने त आखिर उनको परिवार त राजी हुदैन नि ,मैले त बिहे गरेर अलिक फरक ठाँउ मा जाउँला तर मेरो जन्म दिने भगवानलाई समेत असर पर्छ अब गर्नु के ? आखिर जातियता के रहेछ हामी दुईमा के फरक रहेछ ? के एक दलित केटाले ठकुरी केटी बिहे गर्नु गलत भयो गलत हो । अनि उनलाई भन्न बाध्य भए अब तिमी सँग कसरी सम्बन्ध हुन्छ मेरो आखिर तिमी त ठकुरी खानदान कि मान्छे हौ म एक गरिब दलितको छोरा हु हाम्रो हैसियत पनि त फरक भइ सक्यो भनेर गुनगुनाए । आखिर उनलाइ त म प्रती कुनै यो सोच थिएन नि । त्यस्तै गर्दा गर्दै बिहेको निष्कर्षमा पुग्यौ अनि बिहेको योजना भो हामी दुईमा । तर अन्तिममा उनको परिवारमा यो कुरा पुग्यो,म माथी ठुलो प्रहार भयो उन्को परिवार,अनि एक साझमा सपनामा यसरी गुन गुनाए: माया अनि प्रेम गर्ने साथ मिलेन, तिमी “ठकुरी” म “दलित” जात मिलेन, तिम्रो मेरो मिलन छुट्टाउने भन्यो कसैले, तिमी सँग रमाउने हैसियत मिलेन, कोपिला भेटे पुष्प भेटिन मैले, पात पाए हागा भेटाए जरा मिलेन, कसैले भन्छ “ए दलित”काले, तिमी संग बिहे गर्ने सायाद मिलेन, तिमी ठकुरी म दलित जात मिलेन सपनामा गुन्जिएका यी लहरी साच्चै बिपनीमा घटेका घटना नै थिए । उनी सँग बाहिरी प्रभाव र परिवारिक परिस्थितीले त्यो हाम्रो साथ केवल सपना भयो । हामी एक अर्काको हुन सकेनौ । हुन त त्यति गहिरी सम्बन्धलाई जातियता कै कारण अग्लो चुचुरोमा लिए ।

र दुर्घटना को स्वरुप बन्यो । त्यसमा त्यही नजिकको साथित्वको भावना रह्यो । आफ्नो बाटो रोज्नुको बिकल्प भएन । त्यही म अछुत कै कारण उनलाइ आफ्नो बनाउन हुन नसकेको कहानी बन्यो । उनी आखिर जीवनलाई पर्खाइ मै राखेर बिरामीको सेवा जुट्न सक्षम भइन भने म गरिब प्रबासको यात्रामा लागे र पीडित प्रवासीको साथी बन्न सफल भए । एकादेशको कहाली लाग्दो कथा बन्यो त्यही जातियताले । त्यही म ढुङ्गाको मान्छे भएकाले नै । आखिर कति सम्मको हुदो रहेछ यो अछुतको पिडा । सम्बन्धको दाग र मानव प्रतिको दुर्ब्यहार कसरी भन्न नसकिएला र ।आखिर एउटा पढाई देखि जीवन अर्पण सम्म जोडिएको यात्रा छुटदाको त्यो समय एउटा दलित केटा भएकै कारण वास्तविक इतिहास रहयो। लक्ष्मण रसाइली समर्पण पत्रकार , जाजरकोट । पात्र काल्पनिक हुन कसै सँग मिल्न गए अन्यथा नलिनुह

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com