नेपालीलाई सधैँ रुवाउने बानि परेको कांग्रेस सकिए पछि कुनै पनि नेपालीले रुनै पर्दैन: केसी (भिडियो)

लाइटनेपालडटकम

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भूपूउपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। केसी नेपालको संघीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका थिए । उपप्रधानमन्त्री हुदा केसीले लिएको अडानले उनलाई राष्ट्रवादको प्रखर व्यक्तित्वको रुपमा चिनाएको छ ।

भारतको नेपालप्रति हेपाह नीतिलाई कुट आलोचना गर्ने केसीको बानिले उनलाई भारत बिरोधि नेताको छबि पनि दिलाएको छ । उनै नेता केसीले अबको निर्वाचनमा आस्था र निष्ठा भएका कुनै पनि नेताहरुले उमेरद्वार नै हुन् नसक्ने स्थिति आएको भन्दै चिन्ता पनि देखाएका छन् ।

 

बाम एकता , निर्वाचन र देशको समसामयिक बिषयमा सगरमाथा टिभीमा केसीले दिएको खरो अन्तर्वार्तामा उनले ब्यक्त गरेको बिचरहरु यस्ता छन् :-

कांग्रेसमाथि चित्रबहादुरको कटाक्ष:

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले कांग्रेसले पटक पटक बहुमत ल्याएर सरकार बनाउदा केहि बिकास गर्न नसकेर अहिले बाम गठबन्धनको बहुमत आउने अवस्थामा निकै आत्तिएको बताएका छन् ।

सधैभरी नेपालीलाई आफुले रुवाएको कांग्रेसले अहिले कम्युनिष्ट आए रुन पाइन्न भन्दै प्रचार गरेको भन्दै जति रुनु नेपाली जनता कांग्रेसका पालामा रोएको बताएका छन् ।

संघियताले नेपाललाई स्पेनको क्याटालोनिया जस्तै बनाउने देखिदैछ ।

हेरौ केसीसंगको अन्तरवार्ता

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com