शैक्षिक महोत्सव सफल पार्ने विद्यार्थी नेताको प्रतिबद्धता

Srijana

नेपालगन्ज, २४ कात्तिक । बा“के जिल्लामा क्रियाशिल बिभिन्न बिद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले ‘‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक हुन लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सव सफल पार्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका—१८ कारकांदोस्थित बहुउदेश्यीय सभागृह निर्माणस्थल परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव—२०७४ हु“दैछ । महोत्सव सफल पार्नका लागि आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बा“केले शुक्रबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा बिद्यार्थी अगुवा तथा प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अनेरास्ववियु बा“केका अध्यक्ष मोहित शाहले शैक्षिक महोत्सवले बा“के जिल्लाको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सहयोगी भुमिका निर्वाह गर्ने बताए । उनले शैक्षिक महोतसव सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सुरेन्द्रजंग शाहले शैक्षिक महोत्सवले जिल्लाको नाम चिनाउन सहयोग गर्ने बताए । नेपाल विद्यार्थी संघ बा“केका सह—सचिव चक्र रावतले बिद्यार्थी संगठनहरुले महोत्सव सफल बनाउन आ—आफ्नो ठाउ“बाट महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

अनेरास्ववियु बा“केका सचिव टेकेन्द्र मल्ल, नेकपा क्रान्तिकारी निकट अखिल क्रान्तिकारी अध्यक्ष भरत रावल, अखिल क्रान्तिकारी पूर्व केन्द्रिय सचिवालय सदस्य पुष्प भण्डारी,  पूर्व केन्द्रीय सदस्य बिनोद बराल, अनेरास्ववियु बा“केका सदस्य भरत खनालले महोत्सवमा विद्यार्थीहरुको सहभागिता लगायतका बिषयमा बोलेका थिए ।

अन्तरक्रियामा बोल्दै महासंघका सल्लाहकार बसन्त लामिछाने, पूर्व केन्द्रीय सदस्य नारायण ज्ञवाली, पूर्व क्षेत्रीय उपाध्यक्ष रामप्रशाद ज्ञवाली, पूर्व अध्यक्ष हेमराज पौडेल, प्रथम उपाध्यक्ष शालिक सुबेदी, कोषाध्यक्ष दुर्गासिंह बस्नेत, जिल्ला कार्यसमिति सदस्य प्रदिप सापकोटा, जिल्ला कार्यसमिति सदस्य मोहन बहादुर चन्दले नाफारहित तरिकाले आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन बिद्यार्थी नेताहरुलाई आह्वान गरे  ।

अन्तरक्रियाको अध्यक्षता महासंघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समारोह समितिका संयोजक बुद्धि प्रसाद अधिकारीले गरेका थिए भने सन्चालन सचिव सागर ज्ञवालीले गरेका थिए । महोत्सवमा दुई लाख बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ ।  स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् ।  महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने छ ।

महोत्सवका माध्यमबाट नेपालगन्जको ऐतिहासिक र पुरानो महेन्द्र पुस्तकालय लगायत पुस्तकालयहरुको प्रचारप्रसार गरी संरक्षण तथा सम्बद्र्धनमा ध्यानाकर्षण गराउने , पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघसस्थाहरुसँग सहकार्यमा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै  जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने, व्यवसायीहरुको दक्षता र क्षमता अभिवृद्धि गराई व्यवसायलाई प्रर्बद्धन गर्दै सामाजिक दायित्वबोधका साथ सक्षम तुल्याउने लक्ष्य रहेको छ ।

प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु भएको राष्ट्रिय शैक्षिक महोत्सव क्रमश २०६६ मा पुन बुटवल, दोस्रो २०६७ धनगढी, २०६८ चितवन, २०६९ पोखरा,२०७१ झापा, २०७२ मा ग्लोबल एक्पोजिसन संघको संयुक्त आयोजनामा काठमाण्डौ ,२०७३ मा दाङ हुदै आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव बा“केको नेपालगन्जमा गर्ने तयारीका भइरहेको हो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com