कर्णालीको साहित्यलाई काठमाण्डौले गरिव देख्यो, त्यसको विरुद्ध विद्रोह गरौं: प्रेम कैदी

Srijana

काठमाण्डौ, २५ कात्तिक । वरिष्ठ पत्रकार तथा लेखक प्रेम कैदीले कर्णाली क्षेत्र भाषा, संगीत, संस्कृतिको जन्म थालो भएको बताएका छन् । शनिबार काठमाडौँको संवाद डबलीमा ‘कर्णाली कला संस्कृति प्रतिस्ठान’ ले कर्णाली गुञ्जन कार्यक्रममा बोल्दै कैदीले कर्णालीको साहित्यलाई काठमाडौंले गरिव देख्ने गरेको बताए । उनले त्यसको विरुद्ध नयाँ पुस्ताले विद्रोह गर्नुपर्ने बताए ।

“भाषा, कला, संस्कृति र सिंगो मानव जातिको जन्म कर्णालीमै भयो तर काठमाडौँले सधै गरिव देख्दै आएको । यसको विरुद्ध नयाँ पुस्ताले विद्रोह गर्नुपर्छ” कैदीले भने । उनले ‘कर्णाली गुञ्जन’ त्यसविरुद्ध विद्रोह र आन्दोलन भएको महशुस भएको बताए ।
कार्यक्रममा बोल्दै कैदीले कर्णाली मानव जातिको वास्तविक पहिचान भएको बताउँदै त्यसको लागि नयाँ पुस्ताले अभियान जारी राख्नु पर्ने बताए ।

प्रतिस्ठानका महासचिव प्रकाश बमले काठमाडौँमा कर्णालीका प्रतिभालाई प्रस्तुत गर्ने थलो खोज्दै जाने क्रममा ‘कर्णाली गुञ्जन’को जन्म हुन पुगेको बताए । नयाँ प्रतिभालाई बाहिर ल्याउने अभियन ‘कर्णाली गुञ्जन’ सुरु गरेको बताए ।
कर्णाली गुञ्जनको तेस्रो श्रृंखलाकी अध्यक्ष देवकी तिमिल्सिनाले कर्णाली हरेक कुराले धनि भएको बताउँदै त्यसलाई बाहिर ल्याउन नसक्दा काठमाडौँको नजर फरक भएको बताइन् । उनले कर्णालीको कला संस्कृतिलाई संसारभर फैलाउनु पर्ने धारणा राखिन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com