अब प्रहरी अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने, आजैदेखि शुरु भयो सेवा

लाइट नेपाल

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालले आईतबारदेखि सर्वसाधारणका लागि पनि स्वास्थ्य सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।


सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा सुरु गर्नु परेको स्पष्ट पारे । उनले संविधान प्रदत्त नागरिक हकको संरक्षण र संम्वद्र्धन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको पनि स्मरण गराए ।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालमा सर्वसाधारणको सेवा शुभारम्भ भएसँगै थप पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गर्न सरकार र प्रहरी संगठनको सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
सर्वसाधारणका लागि हाललाई दिउँसो साँढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ । अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ ।
२ सय ११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो । अस्पतालको सेवा शुल्क भने अन्य सरकारी अस्पताल सरहनै हुनेछ । अस्पतालले अत्याधुनिक ल्याब बनाउने कामलाई पनि तीव्रताका साथ अघि बढाएको जनाएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गरेकाहरुलाई सम्मान समेत गरेका थिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com