के–के भयो नेपालभर आज घटना–दुर्घटना तथा अपराध (देशैभरका समाचारहरु)

लाइट नेपाल

कटुवा पेस्तोल र गोली बरामद :
बाँके, २६ कात्तिक
भारत बहराईज जिल्ला रिषिया बस्ने २७ बर्षीय नन्कौ नाउ र उनीसंगै रहेका सोही ठाउँ बस्ने ३२ बर्षीय सेर आलिलाई प्रहरीले कटुवा पेस्तोल १ थान र थ्रिनटथ्री राइफलको गोली १ वटा सहित पक्राउ गरेको छ ।
डुरुवा गाउँपालिका–३ मुल्बि पुरुवा भन्ने स्थानमा हतियार सहित मानिस बसेको भन्ने सूचना प्राप्त भएपछि शनिबार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुर्म नट भन्ने व्यक्तीको ताल्चा लगाएको घरको बाहिरको ब्रन्डामा बसिरहेको अवस्थामा उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(३) लागूऔषध गाँजा सहित पक्राउ :
मोरङ, २६ कात्तिक
सुन्दर हरैचा नगरपालिका–११ बस्ने ५५ बर्षीय शिबु ठाकुर सहित ३ जनालाई प्रहरीले शनिबार ठाकुरको घरबाट बिक्री बितरण गरीरहेको लागूऔषध गाँजा १ के.जी. सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(४) जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ :
काठमाडौँ, २६ कात्तिक
आप्mनै १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका–१२ खहरेगाँउ बस्ने २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तले शनिबार राति आफ्नै बहिनीलाई जवरजस्ती करणी गरेको भनी दुबै जनालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पीडक तथा पीडितलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(५) सवारी दुर्घटनामा मृत्यु :
काठमाडौँ, २६ कात्तिक
काठमाडौँ : काठमाडौँ महानगरपालिका–२८ स्थित सिंहदरवार पश्चिम गेटको अगाडी बा.३३ प ७४३ नम्बरको मोटरसाइकल र वा.२ ज ३०४४ नम्बरको ट्याक्सी आइतबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ रुविभ्याली गाउँपालिका घर भई काठमाडौँ वानियाटार बस्ने २४ बर्षीय रुप घले गम्भीर घाइते भएकोले उपचारको लागी बीर अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली : गोदावरी नगरपालिका–४ गाईमारे भन्ने स्थानमा से.५ प ७८२४ नम्बरको मोटरसाइकल र ना.३ ख १०८ नम्बरको ट्रक शनिबार एकआपसमा ठोकिएर दुर्घटना हुदाँ मोटरसाइकलको पछाडी सवार बाजुरा बुढीगंगा नगरपालिका–१० बस्ने २५ बर्षीया ललिता जैशीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मृतकका २८ बर्षीय श्रीमान नन्दलाल जैशी समेत सामान्य घाइते भएका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही : लुम्बिनी सास्कृतिक नगरपालिका–५ स्थित भित्री सडक खण्डमा लु.२ त ७३४५ नम्बरको ट्याक्टरले लु.४ प ४५३७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने ४० बर्षीय जनार्दन यादब घाइते भएकोले उपचारको लागी मेडीकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

(६) धारिलो हतियार प्रहारबाट मृत्यु :
झापा, २६ कात्तिक
दमक नगरपालिका–६ बस्ने २२ बर्षीय राजेश मल्लीकको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ । ६÷७ महिना देखि सोही ठाउँमा त्रिबेणी गेष्टहाउस चलाउदै आएका मल्लीकलाई शनिबार गेष्ट हाउसको तेस्रो तलाको १०४ नंम्बर कोठा भित्र पेटमा धारीलो हतियार (छुरा) प्रहार गरेको अवस्थामा मृत फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(७) ढुंगाले लागेर मृत्यु :
जाजरकोट, २६ कात्तिक
त्रिवेणिनलगार्ड नगरपालिका–७ चानाखेत बस्ने लक्ष्मी प्रसाद शर्माको १० बर्षीया छोरी प्रतिक्षा शर्माको शनिबार हाँस सामुदायिक वनमा अमला टिप्न गएको अवस्थामा माथिबाट ढुंगा खसेर लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(८) आगलागीबाट क्षति :
उदयपुर, २६ कात्तिक
त्रियुगा नगरपालिका–६ जलजले बजार स्थित निर बहादुर कटुवालको घरमा बजरंङ दासले संचालन गरेको कपडा पसलमा शनिबार करेन्ट सर्ट भई आगलागी हुदाँ करीव ५ लाख रुपैयाँ बराबरको कपडा जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com