आइएमएस कलेजका प्रिन्सीपल भावना राणाले गरे पत्रकारमाथि दुव्र्यवहार े

Meelan123

काठमन्डौ,कार्तिक २७।समाचार संकलनका लागी इन्स्टीच्युट अफ म्यानेजमेन्ट स्टडिज आइ एम एस कलेज , थापाथली पुगेका दुइजना पत्रकारलाई कलेजले दुव्र्यवहार गरेको छ । आइतबार दिउसो समाचार संकलन गर्न कलेज परिसर पुगेका टिभी टुडे टेलिभिजनका सम्बाददाता कान्ता गीरी र क्यामेरा पर्सन दुर्शन खत्री माथी कलेजका प्रिन्सीपल भावना राणा र कलेजका कर्मचारीहरुबाट दुव्र्यवहार भएको पिडीतले गुनासो गरेका छन् ।

सत्यतथ्य र निष्पक्ष समाचार संकलन गर्न पुगेका पत्रकारद्धयलाई गालीगलौज सहित हातपात समेत भएको छ । हातपातसंगै क्यामेरा तथा मोबाइल समेत खोसी उल्टै प्रहरीमाथी उजुरी गरेर हनुमान ढोका पुर्याउने प्रयास प्रिन्सीपल राणाले गर्नु भएको थियो । तथापी अनामनगर प्रहरी वृत्तबाट प्रेस काउन्सीलका अध्यक्ष किशोर क्षेष्ठले आवश्यक कारबाही प्रक्रिया प्रेस काउन्सील र पत्रकार महासंघबाट हुने भन्दै छलफल टुंग्याइयो ।

शैक्षीक कार्यक्रमका लागी आवश्यक सामाग्री संकलनका लागी कलेज परिसर पुगेका पत्रकार माथी गरीएको आइएमएस कलेज तथा प्रिन्सिीपल भावना राणाको दुव्यवहार प्रति टिभी टुडे टेलिभिजन परिवारले घोर आपत्ति जनाउदै हद सम्मको कारबाहीको माग गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com