बर्दियामा नेपाली कांग्रेसले भोट किनेको खबर बाहिरिएपछि कार्यकर्तालाई चनाखो रहन एमाले उपाध्यक्ष गौतमले दिए निर्देशन

rupani

बर्दिया २७ कार्तिक । एमाले उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं. १ का प्रतिनीधि सभा उम्मेद्वार बामदेव गौतमले असल कम्युनिष्टहरु पार्टीप्रति ईमानदार र बफादार हुन्छन् भन्दै चुनावी अभियानमा कार्यकर्तालाई बफादार हुन आग्रह गरे ।बर्दियाको बढैयाताल गाउँपालिका भेलामा सोमबार नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण तथा पार्टी सदस्यता वितरण गर्दै उपाध्यक्ष गौतमले चुनाव बिथोल्ने प्रयासमा लागेको कांग्रेसले नगद तथा जिन्सी सामाग्री बाँड्दै मतादाता लोभ्याउँदै गरेको अवस्थामा कार्यकर्तालाई चनाखो हुन उनले यस्तो आग्रह गरे ।उपाध्यक्ष गौतमले भने,“वाम गठबन्धनको पकड रहेको क्षेत्रमा कांग्रेसीहरु नगद र जिन्सी सहित पुगिरहेका छन् । यदि ती कालो कांग्रेसीहरु तपाँईहरको घरआँगनमा आएछन् भने त्यतिबेला पार्टीप्रति आफ्नो ईमानदारीता र बफादारीता देखाएर असल कम्युनिष्टको भूमिका देखाउनु होला ।”गौतमले नयाँ संगठित सदस्यहरुलाई पार्टी सदस्य भएरपनि कुनै कमिटीमा यदि सदस्य बसेको छैन भने त्यस्तो व्यक्ति साँचो अर्थमा कम्युनिष्ट हुन नसक्ने भन्दै पार्टी सदस्यताको महत्वको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बढैयाताल गाउँपालिकाका ९ वटै वडाका ४५८ जना नयाँ संगठित सदस्यहरुलाई गौतमले सपथ ग्रहण गराएका थिए ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com