मतदाताका सामु एमाले उपाध्यक्ष गौतमको प्रतिबद्धता, “खेतखेतमा नहर गाउँगाउँमा शहर”

rupani

बर्दिया २७ कार्तिक । एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मंसिर पछि बन्ने बाम गठबन्धनको सरकारले स्थानीय स्तरमा देखिएका सबै समस्या हल गर्ने बताए ।बढैयाताल गाउँपालिका वडा नं. ९ टेसनपुरका जनताले बामदेवलाई आफ्नै गाउँमा पाएपछि उनीहरुले विशेषगरि आफुहरु भूमिहीन भएको र आफ्ना नाममा लालपुर्जा समेत नभएको साथै भएपनि प्रयोग गर्न नपाएको बताएपछि गौतमले उनीहरुसामु प्रतिबद्धता जनाउँदै सबै समस्या समाधान हुने बताएका हुन् ।बढैयाताल गाउँपालिका वडा नं. ९ टेसनपुरमा आयोजित संयुक्त चुनावी सभालाई संवोधन गर्दै गौतमले भूमिहिन, सुकुम्बासी र मुक्त कमैयासंग जोडिएका गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीका समस्या ५ बर्ष भित्र हल गर्ने बताए ।प्रत्यक्ष मतदातासंग प्रतिबद्धता जनाउँदै उनले भने, “प्रत्येक परिवारका एक सदस्यलाई अनिवार्य रोजगारी, सामाजिक सुरक्षा भत्तामा वृद्धि, स्थानीय तहमै सुविधा सम्पन्न स्वास्थ्य सेवा, निशुल्क रुपमा प्राविधिक शिक्षा लगाएतका सबै समस्याको हल हुनेछ ।” कार्यक्रममा टेसनपुर, जनतानगर, जोशिपुर र बिक्रि फाँटा लगाएत ठाउँबाट भूमिहीन मुक्तकमैया र सुकुम्बासीहरुको उपस्थिती रहेको थियो ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com