बच्चा साटिएको भन्दै वीरगञ्ज स्थित एक अस्पताल विरुद्ध उजुरी

Srijana

वीरगंज, २७ कार्तिक । वीरगञ्जको एउटा अस्पतालमा बच्चा साटिएको छ । वीरगञ्जमा रहेको नाउक्षे अस्पतालमा बालक साटिएको घटना सार्वजनिक भएको छ । बालक हराएपछि अहिले अस्पतालमा खैलाबैला मच्चिएको छ ।

सर्लाही, बलरा–३ घर भई वीरगंज, प्रगतिनगरमा बस्दै आएका राममनोजप्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहाले बच्चा साटिएको भन्दै प्रहरीमा उजुरी परेपछि असपतालमा खैलाबैला मच्चिएको हो ।

कामिनीलाई हिंजो अस्पताल भनाए गरिएको थियो । चिकित्सकले आज विहान करिब साढे ९ वजे छोरा जन्मिएको जानकारी परिवारलाई दिएका थिए ।तर पछि परिवारलाई हसतान्तरण गरिएको बच्चा छोरी भएपछि बच्चा साटिएको हनसक्ने आशंका गरिएको हो । सो घटना पछि अस्पताल प्रशासन र आफन्त बिच विवाद भएको छ । बच्चाका आफन्तले जिल्ला प्रशासन कार्यालय, पर्सामा लिखित उजुरी गरेका छन् ।

पीडित कुशवाहाका अनुसार बच्चा जन्मेपछि छोरा भएको र आफुले मिठाइसमेत खुवाएको बताए । तर तर केही बेरमैं छोरी जन्मिएको भन्दै चिकित्सकहरुले बच्चा दिएका दिए ।यस विषयमा अस्पतालका मेसु डा. एमामुलले बच्चा साटिएको हुनै नसक्ने बताए

त्यसैगरी हिजो साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः बच्चा साटिएको विवाद हुँदा प्रहरी पुगी विवाद साम्य पारेको थियो । छपकैया–१ घर भएका अनिल पासवानकी पत्नी उषा पासवानले जन्म दिएको शिशु साटिएको आरोप लगाइएपछि विवाद शुरु भएको थियो ।

उषाकी आमा जयगनिया देवीले छोरीले जन्माएको शिशु छोरा भएको तर पछि अस्पतालका कर्मचारीले छोरी भनेपछि आफुलाई दुःख लागेको र सोही निहुमा विवाद भएको स्वीकार गरिन् ।

पछि अस्पतालका मेसु डा। इमामुल र गाइनोवार्डका इन्चार्ज सुरेन्द्र चौधरीको रोहबरमा छलफल भएको थियो । छलफलमा जयगनिया देवीले छोरी नै जन्मेको लिखित सहमतिपत्र दिएपछि विवाद टुगिंएको थियो । ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com