स्वास्थ्य टिप्स : मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस् !

Srijana

हामी सबैको बानि बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ । यसरी दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा आमी कसैले पनि धेरै कुराहरु याद नै गरिरहेका हुँदैनौ । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ ।

अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ । यो कुराहरुलाई तपाई आफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स्

१। ध्यान दिनुस् जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२। अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३। अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४। अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५। फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६। अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७। अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८। अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९। अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०। अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com