दलित समुदायको मुद्यामा राजनीति गरिरहेका संजय गौतमलाई दलित विरोधी भन्दै गृह जिल्लाबाटै उनकै कार्यकर्ताद्धारा लेखियो यस्तो मार्मिक चिठ्ठी

तारा बहादुर भन्छन्, “संजय गौतमले हामीलाई मात्र हैन अन्य समुदायलार्इृ पनि धोका दिने दाउमा छन्”
rupani

हितैसी साथीहरु
मेरो हजुरवुवा प्रजातन्त्रको उदयहुनुपुर्व नेपाली कांग्रेसको कट्टर सिपाई हुुनुहुन्थ्यो । उहाँ विपीचिन्तनको मनकारी भै विपीकै अनुयायी बनी नेपाली कांग्रेसप्रति आस्था र विश्वासका साथ विभिन्न आन्दोलनमा होमीनु भएको थियो ।

मेरो स्वर्गीय पुज्य पिताजी श्री कृति बहादुर सुनार पनि मेरो बाजेले हिंडाएको बाटोमा नै हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र पश्चात पनि विपीबादको नारालाई ह्रदयगमन गर्दै कांग्रेसप्रति आफ्नो समस्थ जीवन अर्पन गर्नुभयो ।

बुवा कृति बहादुरले संकट कालिन अवस्थामा पनि कांग्रसको भक्त भनि लालकिल्लालाई तोडन सफल बन्नु भएको थियो । म कक्षा ७ मा पढदा देखी नेपाल विद्यार्थीसंघको ईकाइ सभापति बनेदेखी कांग्रसी मोहजालमा फसेर कांग्रेस विपीबादको सिद्धान्तलाई अगाल्दै विभिन्न आन्दोलनमा भाग लिंदै गएँ ।

म सानै उमेरदेखी नै राजनैतिक यात्रामा हामीएको थिए । कांग्रेस यात्रामा लाग्दा विगदको स्थानिय चुनाव होस् या मध्यावधि निर्वाचनको अवधीमा कांग्रेसको तर्फबाट विद्यालयबाट भागेर पनि कांग्रेस जिताउ अभियानमा लागें ।

रातदिन नभनी भोकभोकै प्रचार प्रशारमा हिंडीयो । मध्यावधी निर्वानचमा सुर्खेत क्षेत्र नं १ बाट तत्कालिन सांसद पुर्ण वहादुर खड्कालाई जिताउन पनि सफल भइयो ।

युवा अवस्थामा बर्दियामा बसाइसराई गरे पश्चात मेरो बुवाले यहाँका स्थानिय बासिन्दा नेपाली कांग्रेसका कार्यकर्ता विष्णु भन्ने व्यक्तिसंग समन्वय गरेर यहाँ कांग्रेसको विजारोपन गर्नुभएको थियो ।

कम्युन्ष्टिहरुको यस क्षेत्रमा मैले पनि बुवाको साथमा लागेर यहाँको दलितहरुको घरघरमा गएर विपीबादको प्रचार गर्दै चारै क्षेत्रका केही दलितहरुलाई कांग्रसमा सपर्पित गरि नेपाल दलित संघको गठन गर्न सफल भयौं ।

यसमा वर्तमान अध्यक्ष भिमलाल वि.क.ले पनि साथ दिनु भएको थियो । दलितहरुको संगठन पश्चात नेपाली कांग्रस भित्र दलितहरुलाई पनि स्थान दिनुपर्छ भन्ने माग गर्न थालियो ।

बाह्रौ महाधिवेशन केही कांग्रेसी सामन्तबादी सोंचका नेताहरुले दलितहरुबीच तनावको सृजना गर्न खोजे । आफनो अधिकार संगठन देखी डराउन पनि थाले र दलितहरुलाई नै लडाउन थाले । बाह्रौं र तेह्र्राैं महाधीवेशन पश्चात बर्दियाका सामान्ती धनाढ्य व्यक्ति भनिने संजय गौतमको प्रभाव नेपाली कांग्रेसमा भित्रियो ।

उनले सामदाम दण्डभेद गरि पार्टीको सम्पुर्ण अधिकार आफनो पोल्टोमा पार्न सफल भए अनि पार्टी सभापति बन्न सफल भए । पार्टी सभापतीको हैसियतले उनलाई दोस्रो संविधाान सभाको सभासदको टिकट उनलाई जिताउन पनि अथक प्रयास गरियो र जिताउन पनि सफल भैयो ।

उनले बर्दियाको गुलरिया नपा वडा नं ९ को रामपुर गाउँमा गएर ३ पटक सम्म सोही स्थानमा भाषण गरेका थिए । उनको पहिलो भाषणमा सुकुम्वासीलाई जग्गाको पुर्जा दिलाउने थियो ।

त्यसपछिका उनको भाषणका एजेण्डा क्रमशः यस्ता थिए । जिर्ण भवन घरको मर्मत सम्भार गर्ने , सबै बाटाहरु बनाउने , आफुले जिते भने आफनो तलबबाट याहाँका गरिब, दलित विद्यार्थीहरुको शिक्षामा खर्च गर्ने आदि…..।

यस्ता थुप्रै लोभ लाग्दा बाचा गरेका मन्त्री संजयले जिती सकेपछि ति मध्ये कुनै पनि बाचाहरु पुरा अहिलेसम्म पुरा गरेका छैनन् । जनताको घरदैलोमा गएर गरेको बाचा त पुरा गर्न सकेका छैनन् छैनन् ।

पार्टीभित्र गुट उपगुटको संवोधन गर्दै आफ्ना सम्पुर्ण विरोधीहरुलाई पार लगाउने रणनिति अपनाउन थाले । उनले मलाई अर्को गुटको भन्ने भानमा पार्टी भित्र कुनै स्थान दिन मानेन भने उनलाई लगाएको गुण उनले सबै बिर्सिए ।

हालसालै सम्पन्न स्थानिय सरकारको चुनावमा बर्दियाका ७५ वटा वडाहरुमा कुनैपनि वडाहरुमा दलितलाई वडा अध्यक्ष तथा सदस्य पद सम्ममको टिकट दिन सकेनन् भने अर्को तर्फ आउदो प्रदेश र संघको निर्वाचनमा पनि सामानुपातिक तर्फ पनि कुनै दलितको नाम सिफारिश गर्न दिएनन् ।

यस कारणले यो प्रस्ट हुन्छ की, दलितका मुद्या मेरो मुद्या भन्ने संजय गौतम नै दलितका कट्टर विरोधी हुन् । सामन्ती व्रम्हाणबादी सोंचको मनोवृद्धि भएका व्यक्ति हुन् संजय । उनले दलितहरुको विषयममा कहिल्यै पनि केही बोलेनन् । यदि बोलेका थिए भने तयो उनले आफु जित्नकालागि जनतालाई आश्वाशित पार्ने भ्रमपुर्ण बोलि मात्र ।

मैले पटक पटक आवाज उठाउँदा उनको आँखाको कसिंगर बन्न पुगे र उनी लगायत उनका पछौटे र भरौटेहरुको बेवास्ताका कारण पार्टी छोड्नु पर्ने स्थिती आयो ।

अर्को तर्फ जनयुद्ध पश्चात नेपालमा क्रान्ति ल्याउन सफल नेकपा माओबादिप्रति उनीहरुको कामको विश्लेषणले मलाई उजागर गराउन थाल्यो । बरु वास्तवमा नेपालमा संविधान ल्याउन र महिला र दलितहरुलाई सांसद र मन्त्री बनाउन सफल अभ्यासमा माओबादीकेन्द्रले नै प्रयास गरेको देखियो ।

माओबादी केन्द्रले नै दलित, गरिब, विपन्नवर्ग तथा सिमान्कृत समुदायको हितकोलागि आवाज उठाएको महसुसगरि बाउ बाजेले थामेको कांग्रेसको बिडोलाई ढाल्दै असल कम्युनिष्टमा होमिएको छु ।

धेरै पहिले गर्नु पर्ने निर्णय अहिले गर्दा ढिला त भएको छ नै तर पनि जिवन रहे सम्म गरिबका पक्षमा र दलितका पक्षमा यस पार्टीको सिद्धान्त र नीतिभित्रै रहेर आफनो आन्दोलन जारी राख्ने छु ।

अन्तमा आज देश वामपन्थीमय भएकोले आउँदो निर्वाचनमा जित सुनिश्चित रहेको छ । भने माननीय सञ्जय दाई यस पटक तपाई दश हजार मतका अन्तरले ठुलो पराजय भोग्नु हुनेछ । यो मेरो च्यालेन्ज हो तपाँईलाई ।

गरिब र दलितको भावनासंग खेलेर उनीहरुलाई झुटा आश्वासन दिएर मन्त्रि बन्ने सपना त पुरा भएको छ तपाईको । तर अब तपाँईको राजनैतिक क्रियाकलाप समाप्त दिन आई सक्यो र त्यो दिन धेरै टाढा छैन ।

तपाइले म जस्ता धेरै कांग्रेसी कार्यकर्ताहरुको मन दुखाउनु भएकोले सबैले विस्तारै साथ छोडदै जानेछन् ।

 

 

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com