एसिया कप फुटबल छनौटमा नेपाल फिलिपिन्ससँग भिड्दैं (लाइभ भिडियो)

लाइट नेपाल

काठमाडौं, २८ कात्तिक । एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो पाँचौँ खेल फिलिपिन्ससँग एन्फा कम्लेक्स सातदोबाटोमा खेलिरहेको छ ।

खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको बताएका छन् ।
यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालको एक अंक मात्र छ ।

यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।
यसैबिच नेपाली टोलीका कप्तान अनिल गुरुङले मंगलबारको खेल पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदैछन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तर्राष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।
मंगलबार खेल अनिलको ५० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मुल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/kr76taRWetw” frameborder=”0″ gesture=”media” allowfullscreen></iframe>

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com