निर्वाचन परिचालन कमिटीको प्रवक्तामा विष्णु रिमाल

Srijana

काठमाण्डौ, २८ कात्तिक । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको प्रवक्तामा पोलिटब्युरो सदस्य बिष्णु रिमाल तोकिएका
छन् । आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक सूचना सम्पेशन, भेरिफाइ र मिडिया समन्वयका लागि परिचालन कमिटीसदस्यसमेत रहेका भएका पोलिटब्युरो सदस्य रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले नेता रिमाललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रवक्ता रिमालको सम्पर्क नम्बर ९८५१०५९०३३ रहेको छ । बैठकले निर्वाचनको क्रममा समन्वय गर्न बिभिन्न नेतालाई जिम्मेवारी तोकेको छ । जसअन’सार निर्वाचन आयोगतर्फ समन्वयका लागि पोलिटब्युरो सदस्य अग्नि खरेल र प्रशासनतर्फ समन्वयका लागि केन्द्रीय सदस्य युवराज कार्कीलाई जिम्मेवारी तोकेको छ ।

बैठकले प्रेस चौतारी नेपालका अध्यक्ष तथा केन्द्रीय प्रचार बिभाग सदस्य गणेश बस्नेतलाई केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यमा थप गरेको छ । बैठकले देशभरका सवै निर्वाचन क्षेत्रमा हुनसक्ने संभावित घटनाप्रति चनाखो रहँदै जनतालाई भ्रमित पार्न हुनसक्ने चलखेलप्रति सतर्क रहन सवै पार्टी कमिटी र आम मतदातालाई अपिलसमेत गरेको छ ।

बैठकमा बिभिन्न जिल्लामा भइरहेको आक्रमण र निर्वाचन आचार संहिता बिपरितका कामप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com