श्रीमतीको घांटी छिनाएर श्रीमानले गरे हत्या

Srijana

राजविराज, २८ कात्तिक । सप्तरीमा एक जना ब्यक्तिले श्रीमतिको घांटी छिनालेर हत्या गरेका छन् । धारीलो हतियार प्रयोग गरेर उनले श्रीमतिको घांटी छिनाईदिएका हुन् । सप्तरीको बोदेबरसाइन नगरपालिकामा ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

धान काट्न आफ्नो खेत गएकी श्रीमती ललिताको हातबाट हँसिया खोसेर यादवले घाँटी रेटेका थिए । उनले श्रीमतीको टाउको अलग नहुंदा सम्म रेटिरहे । घरमा सामान्य विवाद भइरहने यादव दम्पत्तीमा मंगलवार समेत त्यस्तै बिवाद भएको जियो । घरवाट खेतमा धान काट्न पुगेकी श्रीमतीको खेतमै हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि भागेर उनी घर आएका थिए । प्रहरीले हत्यापछि भागेर घर गएका आरोपित यादवलाई घरवाटै पक्राउ गरेको हो । उनलाई अहिले इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ ।
घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरीले शबलाई पोस्टमार्टमका लागि लहान पठाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com