एमाले वरिष्ठ उपाध्यक्ष गौतमसंग बर्दियाका वाम समर्थक व्यवसायीहरुले गरे औद्योगिकरणको माग, वाम गठबन्धनलाई जिताउन व्यवसायीले जनाए प्रतिबद्धता

rupani

बर्दिया २८ कार्तिक । एमाले उपाध्यक्ष गौतमले बर्दिया जिल्लाको विकासकालागि यस क्षेत्रमा औद्योगीकरणको खाँचो रहेको बताएका छन् । मंगलबार एमाले र माओबादी केन्द्र समर्थक उद्योगी ब्यवसायीहरुसंगको छलफलमा गौतमले आर्थिक सम्बृद्धिकालागि बर्दिया जिल्लामा औद्योगीकरणको खाँचो रहेको बताएका हुन् ।

उद्योगी ब्यवसायी बीच उद्योग बाणिज्य संघ गुलरियामा भएको ब्यवसायीहरुको भेलामा नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनीधि सभा बर्दिया १ का उम्मेदवार बामदेव गौतमले भने,“जिल्लाका ८ वटै स्थानीय तहमा स्थान छनौट गरेर २ बर्ष भित्र औद्योगीकरण गर्ने र गुलरिया मुर्तिहा भन्सार नाका सञ्चालन गरि सुर्खेत तेलपानी सडक खण्ड सुचारु गरिने छ ।”बर्दिया क्षेत्र नं. १ का प्रतिनीधि सभा उम्मेद्वार समेत रहेका गौतमसंग बर्दियाका संयुक्त वाम समर्थक व्यवसायीहरुले गुलरिया मुर्तिहा भन्सार नाका र सुर्खेत तेलपानी सडक खण्ड सञ्चालन सहित कृषि र पर्यटन बर्दियाको सम्भावना भएको भन्दै औद्योगीकरणको माग गरेका थिए ।

उद्योग बाणिज्य संघ गुलरियाको गत असोज ३ गते सम्पन्न ८ औं अधिवेशनमा फरक फरक समूह बनाएर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्र समर्थक उद्योगी ब्यवसायीहरु दुबै पार्टीले प्रतिनीधि र प्रदेश सभा निर्वाचनमा बाम एकता गरेका कारण ब्यवसायीहरु एक भएका हुन् । गत कार्तिक १९ गते एमाले र माओवादी केन्द्रबीच एमाले पार्टी कार्यालय गुलरियामा बसेको संयुक्त बैठकले बाम गठबन्धनका उम्मेदवारहरुलाई जीताउका लागि उद्योगी ब्यवसायीबीच समन्वय तथा प्रचार प्रसार गर्न जिम्मेवारी तोकेको थियो । उक्त जिम्मेवारी पाउनेहरुमा अमर खड्का, बालकृष्ण लामिछाने, गोविन्द रिजाल, जीवन शाही, कटक विसी, दुर्गा रिमाल, टंक खत्री, देवेन्द्र तिमिल्सीना र सागर आले लगाएत रहेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनीधि सभाका उम्मेदवार बामदेव गौतमको उपस्थितीमा भएको ब्यवसायीहरुको उक्त भेलाले बाम गठबन्धन जीताउनका लागि ८ वटै स्थानीय तहमा परिचालन कमिटि बनाएर अगाडी बढ्ने निर्णय समेत गरेको छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com