बांकेमा चुनावी रमझम, बामगठबन्धनका यस्ता छन् एजेण्डा

Srijana

नेपालगन्ज, २८ कात्तिक ।बाम गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर ३ र प्रदेशसभाका उम्मेदवारहरुले सडक स्तरउन्नी र कालोपत्रेलाई आफुहरुको प्राथमिकतामा रहेको बताएका छन । सीतापुरमा मंगलबार भएको भेलामा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सडक सुधार र स्तरउन्नती आफुहरुको प्राथमिकतामा परेको बताए ।उनीहरुले नेपालगन्ज–गौघाट सडकलाई बिस्तार गरी फराकिलो बनाउने र अन्य भित्री सडक कालोपत्रे र स्तरउन्नती गरिने बताए ।

कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनार, सहसंयोजक शालिकराम खडका, सचिव रत्न खत्री लगायतले सीतापुर कम्युनिष्टहरुको किल्ला भएको भन्दै यसपटक अझ बढि उत्साहित भएको बताए । यसैगरी बाम गठबन्धनले मंगलबार नै सोनपुरमा पनि भेला सम्पन्न भएको छ । भेलामा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल तथा निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले सोनपुरबासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
रोकाय र खरेलले सोनपुरमा सडक कालोपत्रे तथा स्तरउन्नती नै आफुहरुको प्राथमिकतामा परेको बताए । मंगलबार नै बनकटुवाको गुरुवागाउँमा अगुवा कार्यकर्ता भेटघाट भएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com