बालकृष्ण खांडको चेतावनी, कम्युनिष्ट शासन ल्याउने सपना साकार हुँदैन

Srijana

बुटवल, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको पनि बताए । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति अन्तरगत प्रदेश नं। ५ को मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

बामपन्थि गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउने सपना देखे पनि त्यो साकार नहुने दावी गर्दै नेता खाँडले भने,“ प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन । हिंसाको अन्त्य गर्न माओवादीसँग एकता गरेको हो तर सुर्धान सकिएन”, नेता खाँणले भने ।

व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टिले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला, प्रश्न गर्दै कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिने उनको तर्क थियो ।

त्यस्तै मिडिया सेन्टरको उद्घाटन कार्यक्रममा स्वस्थ्य मन्त्रि एवम् रुपन्देही क्षेत्र नं। ३ का उम्मेमद्वार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले बामपन्थी गठबन्धनले असली रुप देखाउन थालेकोले आफुहरु लोकतान्त्रिक गठबन्धनमा लागेको बताए, “बामपन्थीहरु झुटको खेति गर्न सिपालू रहेछन् ।”

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com