पाटन औद्योगिक क्षेत्रमा भिषण आगलागी, नियन्त्रणको प्रयास

Srijana

काठमाण्डौ, २८ कात्तिक । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार साँझ आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योग आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ । क्षतीको विवरण आइसकेको छैन । औधोगिक क्षेत्रभित्र रहेको एक प्लाष्टिक उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको थियो।
काठमाडौं, भक्तपुर , ललितपुर लगायत सुरक्षा निकायका सबै दमकल प्रयोग गरिएपनि तीन घन्टासम्म आगो नियन्त्रणमा आउन सकेको थिएन। ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दले आगलागीमा कुनै मानविय क्षती नभएपनि क्षतिको विवरण तत्काल भन्न नसकिने बताए।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com