छिमेकीद्धारा खुंडाले हानेर एकै घरका बाबु छोरा सहित तीन जनाको हत्या

Srijana

काठमाण्डौ, २८ कात्तिक । मकवानपुरको मनहरी—७ विजौनामा एक युवक तीन जनाको हत्या गरेका छन् । ३२ वर्षीय सुमन बराइलीलेले खुडा प्रहार गरेर छिमेकी तीन जनाको हत्या गरेका हुन् ।

छिमेकी ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको हत्या गरकेप्रहरीले जनाएको छ । मंगलवार दिउसोघटना भएको प्रहरीको भनाई छ । वराइलिले एकै घरका बाबु छोरा सहित तीन जनाको हत्या गरेका हुन् । सीताराम र सुदन बाबुछोरा हुन् । खुडाले हानेर घाइते बनाएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

घरबाट खुडा लिएर निस्केका बराइलीले सबैभन्दा पहिला सीतारामको टाउकोमा खुडा प्रहार गरेका थिए । त्यसपछि उनीसँगै रहेका सुदनको गर्धन र टाउकोमा प्रहार गरेर भुइँमा लडाएको प्रहरीको भनाई छ । घटना थाहा पाएर पक्राउ गर्न पुगेको प्रहरी टोलि माथि समेत खुंडा लिएर जाइलागेका थिए । खुंडा लिएर प्रहरी माथि जाइलागे पछि प्रहरीले गाउंलेको सहायतामा नियन्त्रणमा लिएको छ ।
पतिले तीन जनाको हत्या गरेको देख्न नसकी वराइलीको पत्नी समेत वेहोस भएकी छन् । दुई छोरा समेत घटना देखेर आतंकित भएका छन् । वराइलीको पत्नी र दुई छोराको समेत उपचार भइरहेको छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com