भगवती बस्नेतको मर्दको मायालाई ‘अनेसास गोविन्द गिरी प्रेरणा नारायणी सर्वोत्कृष्ट पुरस्कार’

Moharaj

लाइट  नेपाल/काठमाडौँ  – साहित्यकार भगवती बस्नेतद्वारा लिखित  कथा संग्रह “मर्दको माया” ले ‘ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको तर्फबाट‘अनेसास गोविन्द गिरी “प्रेरणा” नारायणी सर्वोत्कृष्ट पुरस्कार’ बाट पुरस्कृत  भएको छ ।

बिभिन्न विधाहरुमा पुरस्कार वितरण गर्दै आएको अनेसासले यस बर्ष अनेसास गोविन्द गिरी नारायणी सर्वोत्कृष्ट पुरस्कारको लागी भगवती बस्नेतको मर्दको मायालाई छनोट   गरेको हो  । अन्तर्राष्ट्रिय स्तरमा  दिईने यो  पुरस्कारको राशी २ सय डलर रहेको छ ।

बस्नेतको मर्दको मायासंगै अन्य १२ वटा कृतिलाई समेत बिभिन्न  छुट्टाछुट्टै धन राशीका पुरस्कार द्वारा सम्मान गरिदै छ  ।  यसरी सममनित हुनेमा कृष्ण धरावासीको ग्रेट फल्स- अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, डा श्याम कार्की / इन्दिरा कार्की अनेसास सर्वोत्कृष्ट डायस्पोरिक् पुस्तक पुरस्कार मीनराज वसन्तको  मुदीर,  अनेसास रोहिणी शर्मा / सीता शर्मा सर्वोत्कृष्ट डायास्पोरिक नारी पुरस्कार भारती गौतमको रिकामा आमा, अनेसास सर्वोत्कृष्ट नारी साहित्य पुरस्कार ( सस्थापक सुमन तिमल्सिना ) – पद्मावती सिंहको  निशब्द यात्रा, अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कार – सुदीपभद्र खनालको भूई फूलको गीतलाई छनोट गरिएको छ ।

त्यसैगरी अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार रामजी घिमिरेको  १०१ गजलहरु, अनेसास शिव/ शोभा सर्वोत्कृष्ट भाषा साहित्य पुरस्कार  सागर मुखियाको फर्बिडन,  अनेसास गोवर्धन पूजा सर्वोत्कृष्ट भाषा साहित्य पुरस्कार कल्पना सत्यालको  द विलो,  अनेसास गोपाल विश्वकर्मा नव प्रतिभा पुरस्कार  गुणराज लुइँटेलको  जलेको मन, अनेसास प्रकाश नेपाल सर्वोत्कृष्ट नियात्रा लेखन पुरस्कार नगेन्द्र न्यौपानेको  कंगो इथियोपियाको सेरोफेरो, अनेसास सीता पाण्डे मेची पुरस्कार  किरण ढुंगानाको  मन्ट्रियल क्याफे, अनेसास चेतनाथ घिमेरे कोशी पुरस्कार बेन्जु शर्माको  बेन्जु शर्माका कथाहरू, अनेसास गोविन्द गिरी नारायणी सर्वोत्कृष्ट पुरस्कार भगवती बस्नेतको मर्दको माया, अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट पुरस्कार नरेन्द्र पौडेलको  सिडियोका सत्र वर्ष, अनेसास रोहिणी शर्मा धौलागिरी पुरस्कार शारदा पराजुलीको  भोको पेट,  अनेसास सर्वोत्कृष्ट लोकनाथ तिवारी बालसाहित्य पुरस्कार मुक्तिप्रसाद उपाध्यायको भारतेली नेपाली बालसाहित्य, अनेसास शान्तिराम ढकाल नव प्रतिभा पुरस्कार शकुन ज्ञवालीको तिमी र म र अनेसास भीममाया पुरस्कार लालगोपाल सुबेदीको  ‘सबाल्टर्न पातहरू’ लाई पुरस्कारको लागी छनोट गरिएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com