अपडेट: त्रिशुलीमा बस खस्दा ६ को मृत्यु नौ घाइते, थप विवरण आउँदैं

लाइट नेपाल

चितवन, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बस ट्रकलाई ओभरटेक गर्न लाग्दा त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बसमा रहेका केही यात्रु पौडेर बाहिर निसकेका छन् भने अन्यको उद्धार प्रयास शुरु भएको छ ।  लु २ ख २९१ नम्बरको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा त्रिशुलीमा बिहान सवा नौ बजे खसेको थियो ।

 

घाइते नौजनाको भरतपुर अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com