नेकपाका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी पक्राउ

लाइट नेपाल


गाईघाट, उदयपुर, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला सेक्रेटरी बाबुराम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।उदयपुर जिल्लामा निर्वाचन भाँड्ने र बम आक्रमण गर्न थालेपछि विप्लव माओवादीका कार्यकर्ता खोजी गरेर पक्राउ गर्ने क्रममा बिहीबार सुवेदीलाई जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको घुम्ने भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।यस्तै उदयपुर गढीको दनुवार बेंसीमा एम्बुस थाप्ने योजनाकार बलबहादुर मगरलाई पनि बुधबार राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com