स्थानीय निकायमा इन्टरनेटको सुविधा पुर्याइने : सञ्चारमन्त्री बस्नेत

लाइट नेपाल

दाङ, १६ मंसिर / सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु¥याउन लागेको बताउनुभएको छ ।

 

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु¥याउने तयारी भएको छ भन्नुभयो ।
रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षणका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताउनुभयो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com