मलेसियामा नेपाली–नेपालीबीच झगडा, झगडामा ३ तलामाथिबाट खसालेर नेपाली साथीले नै गरे नेपालीको हत्या

लाइट नेपाल

मलेसिया, १७ मंसिर । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।

उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com