कुवेतमा फेरी एक नेपाली महिलाको ज्यान गयो, आत्महत्या गरेको प्रहरी रिपोर्ट

सिर्जना

काठमाण्डौ, १८ मंसिर । कुवेतमा फेरी एक नेपाली महिलाको ज्यान गएको छ । कुबेतकोको अर्दिया स्थित आफुले काम गर्दै आएको कुवेती साहु (स्पोन्सोर) को घरमा झुन्डिएको अवस्थामा एक नेपाली युवती फेला परेकी छन् । उनी भोजपुरकी ३३ बर्षिय अनु तामाङ भएको प्रहरीले जनाएको छ । उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले प्रारम्भिक प्रतिकृया दिएको छ ।

नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिंङ्देनले आत्मह्त्या घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिए पनि अन्य विवरण आउन बाँकी रहेको जनाएका छन।

गत नोभेम्बर ३०,२०१७ बिहीवार आत्महत्या गरेकी अनुको शबलाई कुवेत प्रहरीले अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको कुवेतवाट हरिकृष्ण न्यौपानेले जनाएका छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com