राती निन्द्रा लाग्दैन भने राम्रो निन्द्रा लिनका लागि अपनाउनुहोस् यी उपाय

लाइट नेपाल

बिहान ताजा महसूस गर्नको लागि राती प्रयाप्त निद्रा लाग्न अति आवश्यक हुन्छ । धेरैजसो मानिस सुत्नको लागि बेडमा त जान्छन् तर धेरै बेर सम्म निन्द्रा नलाग्ने र छटपटाउने गर्दछन् । यदि तपाईलाई पनि यस्तै समस्या भैरहेको छ भने यी सजिला उपाय अपनाई मिठो निन्द्रा लिन सक्नुहुन्छ ।

नियमित योग गर्नुहोस्- नियमित रूपमा योग गर्नाले शरीरलाई आराम मिल्ने र साथै तनाव कम हुन्छ जसको कारण मिठो निन्द्रा लाग्छ ।

राती चिया वा कफी पिउनु हुँदैन– राती चिया वा कफी पिउनु हुँदैन । यी दुवै पेय पदार्थमा यस्ता तत्व हुन्छन् जसले उत्तेजना बढाउने र निन्द्रा नलाग्ने समस्या हुन्छ ।

सुत्ने र उठ्ने समय निश्चित गर्नुहोस्- सुत्ने र उठ्ने निश्चित समयले आरामदायक निन्द्रामा सहयोगी हुन्छ । सकेसम्म अलार्म लगाएर सुत्नुहोस् ।
अबेरसम्म जाँग्नु हुँदैन- अधिकांश मानिसको बानी बेडमा पल्टिने बित्तिकै फोनमा व्यस्त हुन्छन् । जसको कारण उनीहरू राती ढिलो सम्म नसुत्ने बानी पर्दछन् । यदि तपाईको पनि यस्तै बानी छ भने आजै देखि यो बानी त्याग्नुहोस् ।

सुत्नुअघि टिभी हेर्नुहुँदैन- प्रायजसो मानिसहरू सुत्नुभन्दा अघि टिभी हेर्ने गर्दछन् र यो उनीहरूको बानीमा समावेश हुन्छ । जसले गर्दा तपाईलाई प्रयाप्त र आरामदायक निन्द्राको कमी हुन्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com