चामलको पानीले अनुहार धुनुको फाइदाहरू यस्ता छन्

लाइट नेपाल

उमालिएको चामलको पानी स्वास्थ्य लाभको बारेमा हामी सबैलाई थाहा भएकै कुरा हो । यो जति स्वास्थ्यको लागी फाइदायुक्त छ त्यति नै छालाको लागी पनि गुणकारी छ । छालाको हेरचाहको लागी घरेलु उपचारको प्रयोग गर्नेहरूको लागी उमालिएको चामलको पानी निकै फाइदा हुन सक्छ । चामलको पानी छालाको हेरचाहको लागी पनि प्रयोग गर्ने गरिन्छ । हप्तामा एकपटक यस घरेलु उपचारको प्रयोग गर्नाले सौन्दर्य सँग जोडिएका समस्याबाट सजिलै मुक्ति पाउन सकिन्छ ।


छालाको लागि उपयोगी
चामलको पानीमा रहेको प्रोटिन, भिटामिन र एन्टीअक्सिडेन्टको प्रयाप्त मात्राको कारण यसले छालालाई नरम बनाईराख्छ । यसको प्रयोगले छालालाई कसिलो राख्ने, सफा राख्ने र साथै दाग-धब्बा र चाउरीपनको समस्या कम गर्छ ।

प्रयोग गर्ने तरिका
एक कप पानीलाई राम्रो सँग सफा गरेरे पानी भिजाउने । आधा घण्टा पछि चामलमा रहेको पोषक तत्व पानीमा घुलिसकेपछि भाँडालाई ग्याँसमा राखी चामल पाक्न दिनुहोस् ।

कपालको लागी फाइदायुक्त
छालाको साथ-साथै कपालको लागी पनि चामलको पानी निकै फाइदायुक्त हुन्छ । चामलको पानीले कपाल धोएमा कपाल बाक्लो हुनुको साथै कपाल चम्किलो बनिरहन्छ । चामलको पानी कपालमा लगाएर २० मिनेट छोड्नुहोस् र फेरी शैम्पू र कन्डिशनरले धुनुहोस् । तपाईले महँगो उपचार बिना नै सुन्दर र चम्किलो कपाल पाउन सक्नुहुन्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com