दूतावासले गर्न नसकेको बर्षौको काम रवि पुगेपछि २ दिनमा बन्यो : रवी पुगेपछि नेपालीलाई तलब नदिएर काम लगाउने कम्पनीका मालिक पनि थर्कमान, पिडित नेपालीलाई भने “रविलाई नभन हामी तलब र काम पनि दिन्छौ कागजात पनि मिलाईदिन्छौ”

लाइट नेपाल

युएई – एउटा महिलाको आत्महत्या भनिएको घटनाको विषयलाई लिएर त्यसको यथार्थ पत्ता लगाउन रवि लामिछाने युएइ जाने खबर फैलिए पछि त्यहां गैरकानुनी रुपमा काम लगाइरहेका अबुदावीका कम्पनीका मालिकहरुमा पनि सन्त्रास छाएको छ । त्यहां नेपालीलाई काममा लगाएर पारिश्रमिक नदिएका कम्पनीका मालिकहरुले रविलाई आफ्ना समस्या नराख्न दवाव दिएको रहस्य खुलेको छ ।


रविलाई नभने तिम्रा सबै समस्या समाधान गरिदिन्छौं भनेका छन्, एक जना नेपालीले रविसंगको कुराकानीका क्रममा भने, त्यसैले अहिले सबैकुरा नखोलौं ।”
रवि आबुदावी पुगेको थाहा पाएर भेट्न पुगेका थुप्रै युवाले कम्पनीको मालिकले अब तिमिहरुको समस्या समधान गरिदिन्छौं भनेको बताए । “पारीश्रमिक दिन्छौं भनेका छन्, त्यसैले अहिले केही भन्न सक्दैनौं, एक युवाले भने “तपाई आउने हल्ला फैलिए पछि कम्पनीले हामीलाई फरक ब्यवहार गर्न थालेको छ ।”

आत्महत्या गरिएको भनिएकी नेपाली चेली अष्टमी गुरुगंको हत्या भएको केही आधार भेटिए पछि रवि त्यसको यथार्थ पत्ता लगाउन अहिले युएइको आबुदावी पुगेका छन् ।
सो क्रममा उनले त्यहां रहेका थुप्रै नेपाली युवा युवतीलाई भेटेका छन् । रविलाई भेट्न युएइमा लामो समय सम्म काम गरेर पनि थुप्रै समस्यामा परेका युवा युवती भेट्न आएका थिए ।
उनले त्यहां नेपालीहरुलाई भेला पारेर अन्तरकृया गरेका छन् । अन्तरकृयामा सहभागी भएका नेपालीहरुले आफुहरुको समस्या नेपाली दुतावासले नसुनेको गुनासो गरेका छन् ।
धेरै जसो भिजिट भिसामा युएइ पुगेकाहरुको समस्या बिकराल देखियो ।

“यहांको भिजिट भिसा सबैभन्दा ठुलो समस्या हो । नेपालका ठूला बडाले भिजिट भिसाको काम गर्छन । जसले विमानस्थलमा सेटिगं मिलाउन सक्छन् । उनीहरु मार्फत यहां आएका सबै नेपाली समस्यामा छौं” एक नेपाली महिलाले रविसंगको अन्तरकृयाका क्रममा भनिन् ।

नेपाली दलाल र मेनपावर कम्पनी मार्फत थुप्रै महिला भिजिट भिषामा त्यहां पुगेका छन् । कार्यक्रममा सहभागी अर्का युवाले भनिन् “भिजिट भिसामा यहां ल्याएर घरेलु कामदारमा राख्छन् । विमानस्थलबाटै महिला बेचिन सुरु हुन्छ । १० जना महिला विमानस्थलमा लाइन लगाउंछन् । लैजान चाहने मालिकले छानिछानि लैजान्छ । उनीहरुले पैसाको मोलमोलाई गर्छन ।” “कुनै नेपाली समस्यामा परेर दुतावासमा १०० पटक फोन गर्दा पनि उठ्दैन, रविसंगको अन्तरकृयामा एक नेपाली चेलीले रोष पोखिन् दुतावास के का लागि हो ।”

रबि त्यहां पुग्ने थाहा पाए पछि एक जना युवा तीन घण्टाको गाडीको यात्रा पुरा गरेर त्यहां आएका थिए । तर उनीसंग गाडी भाडा तिर्ने पैसा पनि थिएन । अरुसंग पैसा सापट मागेर उनी रवि भएको स्थान सम्म पुगेका थिए । “ उनले रविसंग भने “मलाई बचाउनुहोस् दाई, अहिले म संग कम्पनी पनि छैन काम पनि छैन, निकै ठुलो समस्यामा परेको छु । घरमा दिनहुं फोन गर्दा परिवारका सबै सदस्य रुन्छन् ।”

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com