अष्टमी गुरुङ  बुझ्न रबि लामिछाने उनले काम गर्ने कम्पनीमा पुगी, त्यहाँबाट दिए सबैलाई यस्तो खबर

लाइट नेपाल

दुवई – अष्टमी गुरुङ  बुझ्न रबि लामिछाने उनले काम गर्ने कम्पनीमा पुगेका छन् । तर त्यहांका कानुन र सुरक्षा नीतिका कारण कम्पनी भित्रको अवस्था भने भिडियोमा देखाउन नमिलेको उनले बताए । त्यहां उनले कम्पनीका सरोकारवालाहरु र अष्टमीलाई चिन्ने नेपालीहरुसंग अन्तरकृया गरेका छन् ।

युएइको आबुदावी स्थित नेपाली दुतावासमा ठुलो अन्तरकृया कार्यक्रम गरिएको छ । त्यहां उपस्थित नेपालीहरुले अष्टमी गुरुगंका विषयमा पटक पटक दुतावासमा जानकारी गराउंदा पनि दुतावासले चासो नदेखाएको गुनासो गरे । दुतावासले गर्नुपर्ने काम रवि लामिछानेले गरेका छन्, एक नेपालीले गुनासो गरे, समस्या सुनाउन फोन गर्दा सुनुवाई हुंदैन ।”

अन्तरकृयाका क्रममा रवि लामिछानेले त्यहां स्थित प्रहरी प्रशासनले सहयोग गरेको बताएका छन् । दुतावास लगायत त्यहां रहेका नेपालीलाई सहयोगीको भुमिका खेल्नसक्ने एनआरएनका पदाधिकारीहरुसंग पनि रवि लामिछानेले छलफल गरेका छन् । दुतावासमा अष्टमीका विषयमा यथार्थ कुरा पत्ता लगाउन आयोजना गरिएको अन्तरकृयामा सयौं नेपालीहरुको सहभागीता रहेको थियो । “यति धेरै नेपालीको उपस्थिती दुतावासमा यस अघि कहिल्यै भएको थिएन, रविले भने, दुतावासका विषयमा नेपालीहरु धेरै आक्रोशित देखियो ।”हुन पनि त्यहां उपस्थित नेपालीहरुले दुतावासले नेपालीहरुको गुनासो नसुन्ने भन्दै रिस पोखेका थिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com