लोकदोहोरीमा तहल्का मच्चाएका गायक खुमन अधिकारीले श्रोता तथा दर्शकका लागि नयाँ शैलीको कोशेली आधुनिक गित “लजाई लजाई कता हिड्यौ गयौ तर्कि तर्कि ” बजारमा लाए (भिडियोसहित)

लाइट नेपाल

काठमाडौं – लोकदोहोरीमा तहल्का मच्चाएका गायक खुमन अधिकारीले श्रोता तथा दर्शकका लागि नयाँ शैलीको कोशेली पस्केका छन् । उनले पहिलो पटक आधुनिक गीत गाएर दर्शक श्रोतालाई नयां प्रस्तुती दिएका छन् । “लजाई लजाई” बोलको आधुनिक गाएका खुमनले त्यसमा पनि आफ्नो दमदार प्रस्तुती पेश गरेका छन् । लोकदोहोरीमा जस्तै आधुनिक गीतमा पनि उनको उत्तीकै दमदार प्रस्तुती छ ।

लोकदोहोरीको छेत्रमा गतिलो छाप बनाइसकेका गायक खुमन अधिकारीको नाम सायदै नेपालमा नाम नसुन्ने कमै होलान । लोकदोहोरी गीतका किङ भनेर चिनिने खुमनले आधुनिक गीतमा पनि आफ्नो उस्तै नयां पहिचान बनाउने लक्षण यो गीतले देखाएको छ । गीतमा खुमन अधिकारीको स्वरमा सजिएको नयां आधुनिक गीतमा श्याम रोक्काको शब्द र शंकर अधिकारी “घायल”को संगीत रहेको छ ।

पुस्कर सुनुवारको संगीत संयोजनमा रहेको गीतलाई एनएचएस मिडिया ग्रुपले बजारमा ल्याएको हो । गीतको बिशेष भिडियो नबनाएता पनि गीत रेकर्ड गर्दाको भिडियो भने सार्वजनिक भएको छ । केशव अधिकारीले खिचेको भिडियोलाई प्रेम शर्माले सम्पादन गरेका हुन् । उनको नयां प्रस्तुती एक साता अघि सार्वजनिक भएको हो । एक सातामा उनको सो आधुनिक गीतले राम्रो प्रतिकृया पाएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com