शरदको पांच चौकाले दियो निशालाई खुसी, लेखिन् यस्तो स्टाटस

सिर्जना

काठमाण्डौ, २० मंसिर । शरदले आइसीसी क्रिकेट अन्तरर्गतको मंगलबारको खेलमा नेपालका लागि सबैभन्दा धेरै स्कोर गरेपछि उनकी पत्नि नायिका तथा निमात्री निशा अधिकारी निकै हौसिएकी छन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा शरदले नेपालका लागि राम्रो स्कोर बनाएका हुन् । युएईसंग पहिलो चरणको खेलमा शरदले ९५ बलको सामना गर्दै पांच चौका प्रहार गरेका थिए । उनले अविजित ८१ रन बनाए ।

आफ्ना पतिको खेल हेर्न निकै मज्जा आएको भन्दै निशाले फेसवुकमा स्टाटश लेखेकी छन् । पति शरदलाई निकै राम्रो काम गरेको भन्दै स्वावासी दिएकी छन् । “एकदमै राम्रो काम शरद” उनले आफ्नो स्टाटसमा लेखिन् । उनले फेसवुकमा स्कोर कार्डको फोटो समेत शेयर गरेकी छन् । नेपालले २२२ रनको लक्ष्य दिएको थियो । यद्धपी खेलमा नेपाल युएइसंग ७ विकेटले पराजित भएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com