भारतीय दुतावासले बुझायो जिताउनै पर्ने भन्दै कांग्रेस राप्रपाका उम्मेदवारको लिष्ट (सुची सहित)

लाइट नेपाल

काठमाडौं – दोस्रो चरणको मतदान हुने ठिक दुई दिनअघि सुरक्षा उच्च निकायबाट एउटा अति गोप्य लिष्ट थमाइएपछि उच्च अधिकारीहरु हैरान भएका छन् । दोस्रो चरणको चुनावमा जसरी पनि जित्नु र जिताउनु पर्ने उम्मेदवार भनेर थमाइएको लिष्ट भारतीय दुतावास हुँदै सुरक्षा परिषद सचिवलाय पुगेको उच्च स्रोतले जनाएको छ ।

नाकाबन्दीको समर्थन गर्ने नेतालाई जिताउन बुझाएको लिष्ट कसरी चुहियो ?
सचिवालयका एक अधिकारीले त्यसको फोटोकपी नै एमाले र माओवादीका शीर्ष नेताहरुलाई बुझाएको भन्ने थाहा पाएपछि प्रधानमन्त्री तथा गृहमन्त्री शेरवहादुर देउवाले केही सुरक्षा अधिकारीलाई बोलाएर कसरी लिक भयो रु भन्ने प्रश्न गरेको उच्च स्रोतले जनाएको छ । भारतले लामो समयदेखि आफ्नो लागि काम गरेका र नेपाल भारत सम्बन्ध सुधारमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने भनी करिव एक दर्जन नेताका नाम जिताउनै पर्नेको सुचीमा राखिएको छ । उच्च स्रोतबाट प्राप्त सुची यसप्रकार छ ।

१. डा. शेखर कोइराला,नेपाली कांग्रेसः मोरङ ६
२. गगनकुमार थापा, नेपाली कांग्रेस, काठमाडौं ४
३. दमननाथ ढुंगाना,नेपाली कांग्रेस, भक्तपुर २
४. डा।प्रकाशशरण महत,नेपाली कांग्रेस, काठमाडौं ५
५. विमलेन्द्र निधी,नेपाली कांग्रेस, धनुषा ३
६. सुनिलवहादुर थापा,राप्रपा प्रजातान्त्रिक, धनकुटा
७. अमरेशकुमार सिंह,नेपाली कांग्रेस,सर्लाही ४
८. प्रदिप गिरी, नेपाली कांग्रेस, सिरहा
१०. डा। नारायण खड्का, नेपाली कांग्रेस, उदयपुर
११. रमेश लेखक, नेपाली कांग्रेस, कन्चनपुर ३
१२. आरजु राणा देउवा,नेपाली कांग्रेस, कैलाली ५

आश्चर्यजनक विषय चाहिँ यो छ कि, भारतले जिताउनै पर्ने भनेर बुझाएको लिष्टमा मधेशवादी दलका कुनै पनि नेताको नाम समाबेस छैन । एमाले र माओवादी केन्द्रका नेता पनि यस पटक भारतको रुचीमा कोही परेको देखिएको छैन ।


भारतले जिताउनै पर्ने भनेर बनाएको सुचीका नेताहरु विशेषतः संविधान जारी गर्ने सन्दर्भमा भारतले भने अनुसारको भुमिका निर्वाह गरेको र नाकाबन्दीका बेला खुलेर नाकाबन्दीको समर्थन गरेका कारणले र् अझ पनि आफु अनुकुल काम लगाउन सकिने हुनाले उनीहरुलाई भारतले जसरि पनि जिताउन चाहेको स्रोतले जनाएको छ ।

यी सहित केही लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जिताउनका निम्ति ठुलो परिणाममा आर्थिक सहयोग समेत आएको गुप्तचर रिपोट छ । गगन थापा, दमननाथ ढुंगाना, प्रदिप गिरी लगायका नेताले खुलेआम नेपालमा लगाइएको नाकाबन्दीको समर्थन गरेका थिए । उनीहरुले संविधान जारी गर्न नहुने पक्षमा संविधानसभा भित्रै बोलेका थिए । त्यसो त गगन थापालाई भारतीय दुतावासले विद्यार्थी कालदेखि नै प्रयोग गर्दै आइरहेको छ, जसको खुलासा कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए । अर्कोतिर यसपटक भारतले जिताउन ै पर्ने भनेर ठुलो लगानी गरेका उम्मेदवारहरुमा विमलेन्द्र निधी, गगन थापा र प्रदिप गिरी टप थ्रीमा परेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

साभार – चावहिल अनलाइन डटकमबाट 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com