देशमा निर्वाचन हुदै गर्दा सिके राउतले जनकपुरमा यस्तो कार्य गर्दैगर्दा प्रहरीले गर्यो पक्राउ

लाइट नेपाल डटकम

धनुषा- स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए। प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन्। उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

चुनाव बिथोल्ने एक हजार जना प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्र्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताउँछन् । “निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,”, उनले भने।

नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ । प्रवक्ता न्यौपानेले पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट पनि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रहरी टोली खटाइसकेको जानकारी दिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com