सीके राउतको घर भएको मतदान केन्द्रमा अचम्मै भयो, भोट हाल्न कोहि पनि आएनन्

लाइट नेपाल डटकम

काठमाण्डौ, २१ मंसिर । सप्तरीमा निर्वाचन विरोधि गतिविधिमा संलग्न तथा छुट्टै राज्यको माग राखेर आन्दोरनरत सिके रावतको गाउंमा पनि मतदान केन्द्र राखिएको छ । सप्तरीको महदेवा गाउँपालिका सिके रावतको घर भएको गाउं हो । त्यहांको आधारभूत प्राथमिक विद्यालयमा राखिएको मतदान केन्द्रमा विहान अवेर सम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेनन् ।

मतदान अधिकृतका कर्मचारीहरु बिहानैदेखि सकृय भएको भएपनि मतदाता र राजनीतिक दलका नेता समेत सो केन्द्रमा पुगेनन् । उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ ।

मतदाताहरु मतदान गर्न नगएका कारण मतदान सुरु हुन नसकेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताएका छन् । सो मतदान केन्द्रमा ९६० मतदाता छन् ।

 

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com