मतदान गरेपछि मात्र गगन थापाले आफ्नै सरकारको बिरुद्धमा यसरि कड्किए, परिवारको फोटो राखी लेखे मन छुने कुरा

लाइट नेपाल डटकम

काठमाण्डौ, २१ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै सरकारका विरुद्ध रोष प्रकट गरेका छन् । सरकारले विस्फोटका घटनामा विप्लव समुहको संलग्नता रहेको बताए पनि कुनै कारवाही नगरेको भन्दै रोष प्रकट गरेका हुन् । उनले बम पड्काउनेलाई सरकार आफैले छुट दिएको बताए ।

डिल्लीबजारको चारखालस्थित मतदान केन्द्रमा भोट दिइसके पछि प्रतिकृया दिंदै गगन थापाले विप्लवका विषयमा सरकारले आफ्नो धारण सार्वजनिक गर्नुपर्ने माग समेत राखेका छन् ।

बम आक्रमण मा परी घाइते भएका गगन आफ्ना छोरी सहित मतदान केन्द्रमा पुगेका थिए । उनले हिंसाको राजनीति कसैले गरेको पनि ठिक नभएको बताएका छन् । उनले विप्लव समुहलार्य प्रचण्ड र बाबुरामबाट पाठ सिक्न सुझाव दिए ।

त्यस्तै उनले परिवारको फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखेका छन् ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो।’ ‘म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु ।’ आज भोट हाल्न जानु पुर्व छोरीहरुको शुभकामना लिंदै:

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com